३० असार २०८३, मंगलवार
,
Latest
उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज : सर्वोच्चको फैसलालाई पत्रकार महासंघको स्वागत अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुमा पनि छुवाछुत कायम छः सांसद आलेमगर



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरुबीचमा छुवाछुत कायम रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताउनु भयो । उहाँले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरु कानूनको दायरामा आउन नसकेको बताउनु भयो । सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरुमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि दण्डित भएका छैनन् । यद्यपि कानूनले वर्जित गरेको छ । तर न्यायाधीशको बनावट, संरचनागत बनावट आदि कुराहरुले पनि जातीय छुवाछुत गर्ने मानिसहरु दण्डित भएका छैनन् । यस्तो अपराधमा दण्डित भएको व्यक्ति नहोस् भनेको न हो । सामाजिक अपराध भनेको जघन्य अपराध हो । करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत भएकै छ, सांसदका विरुद्ध पनि छुवाछुत भएकै छ । हाम्रो यहाँ सांसदहरु दलित हो भन्ने आधारमा दलित थाहा पाएपछि धेरै भेदभाव छ । यस्तोमा गम्भीर नभएर हुन्छ ।’

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समाज परिवर्तनमा सबैले भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले छुवाछुतमुक्त समाज बनाउन आफूहरु सबै लागेको उल्लेख गर्नुभयो । अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरु समाजमा रहेको बताउनु भयो । मन्त्री पन्तले भन्नुभयो, ‘हामी सबै समाज परिवर्तन गर्न लागेका मानिसहरु छौँ । छुवाछुतमुक्त समाज बनाउन लागेका मानिस छौँ । तर हाम्रो समाजको यथार्थता के हो भने अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरु छन् । हामीले कानून बनाउँदा अपराधहरुलाई पनि क्वालिफाइ गरेका हुन्छौँ । कुन अपराध कुन श्रेणीको हो । नैतिक पतन देखिने भनेको जघन्य अपराध हुन्छन् । सबै अपराध समान श्रेणीका हुँदैनन् ।’

समितिको बैठकमा बुधवार  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।