१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

‘मनसुन शुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’

‘मनसुन शुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’
अ अ+ अ-

काठमाडौँ । नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठूलो भएको छ । तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउनु हुन्छ ।

यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठूला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन । आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरुमा खतराको तह भन्दा बढी बाढी नजाने उहाँको भनाइ छ । साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्ने उहाँले बताउनु भयो । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको बताउनु भयो । उहाँले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिव ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताउनु भयो । हालका दिनहरुमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘रसुवामा गत राति मध्यम किसिमको बाढी आएको देखिन्छ । करिव रातको १ बजे रसुवागढीको टिमुरेस्थित केन्द्रले ठूलो बाढी आएको बताएको छ । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो र केही नोक्शान गरेको छ की भन्ने हो । यसको जटिलता नुवाकोटसम्मै रहेको छ । पछिल्लो २४ घण्टामा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले यो क्षेत्रमा शतर्कता अपनाउनुहोला । नदी तटिय क्षेत्रमा जलविद्युत आयोजनाहरु जे जति छन्, ति आयोजनाहरुका क्षेत्रमा मुख्यतया शतर्कता अपनाउनुपर्छ । हिमताल नफुटेको र वर्षा मात्रैको अवस्था हो भने मध्यम किसिमको जोखिम छ, ठूलो जोखिम छैन । बस्तीहरु बाढी पस्ने सम्भावना छैन ।’

‘मनसुन करिव डेढ महिना पार गर्दा देशका कुनैपनि ठूला नदीहरुमा खतराको तह पार गरेको छैन । आगामी तीन दिन पनि कुनै प्रमुख नदीहरुमा खतरा भन्दा बढी बाढी जाने सम्भावना छैन । साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्छ । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान गरेका छौँ । आागमी २४ घण्टाका लागि यो जोखिम हो । पछिल्लो डेढ महिना मधेस प्रदेशमा एकदमै कम वर्षा भयो । करिव ५० प्रतिशत वर्षा सरदरलाई हेर्दा मनसुनको यो अवधिसम्म भइसक्नुपर्नेमा २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको छ । हालसम्म पर्नुपर्ने समग्र वर्षाको आधा वर्षा पनि भएको छैन । अब केही सुधार देखिएको छ । पछिल्ला केही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी दिनमा पनि केही पानी पर्ला जस्तो देखिन्छ । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको पछिल्लो शुद्धतालाई हेरेर तीन दिनसम्मको पूर्वानुमान गरिएको छ । मनसुन सक्रिय हुने देखिएको छ ।’

जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उहाँले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताउनु भयो । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्शान गर्ने भएकाले पनि नदी छेउमा शतर्कता अपनाउन आग्रह गर्नुभयो ।