मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले एक मेडिकल स्टोरमा छापा मार्दै करिब ९,००० भन्दा बढी प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। सो क्रममा १८ वर्षीय मनीष कुमारलाई नियन्त्रणमा लिइएको छ।
कटहरी गाउँपालिका–७ स्थित दाहाल चोक नजिकको मुन मेडिकल स्टोरमा सोमबार बिहान करिब ६:५० बजे प्रहरी टोलीले खानतलासी गर्दा निषेधित लागुऔषध Dekolik ५४०० ट्याबलेट र Tramadol ५४०० ट्याबलेट फेला परेको हो। उक्त मेडिकल स्टोर बेलबारी नगरपालिका–८ का मनीष कुमारले सञ्चालन गर्दै आएका थिए।
लागुऔषध नियन्त्रण न्यूनीकरणका लागि खटिएको विशेष प्रहरी टोलीले बरामद औषधिसहित मनीषलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धानका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।










