५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेश प्रसाद खतिवडाले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिनुभयो । निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उहाँको माग छ । उहाँले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘९४९औं सञ्चालक समिति बैठकबाट भएको निर्णय किन कार्यान्वयन गरिएन ? यदि त्यो निर्णय सही थिएन भने किन गरियो । यदि सही थियो भने त्यो निर्णय किन कार्यान्वयन भएन ? त्यो निर्णय कार्यान्वयन गरेर हामीलाई नियुक्तिपत्रसहित उचित व्यवस्थापन गर्नुहोस् भन्ने हाम्रो माग हो । हिजो भएको सहमतिअनुसार प्राधिकरणको व्यवस्थापनले नियुक्तिपत्र दिन्छ भने भोलिदेखि हामी कार्यालयमा फर्किन पनि सक्छौं । नभए हामी वार कि पार युद्धमा भएको कारण यो निर्णय कार्यान्वयन हुनुपर्यो नभए यो निर्णय बोर्ड बैठकबाट खारेज गर्नुप¥यो । त्यसो निर्णय भभएको खण्डमा ज्यालादारी कर्मचारीहरु घर फर्क भन्ने हो । त्यसो भएको खण्डमा पनि हामीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् । यदि अब यो निर्णय कार्यान्वयन भएन भने हामी अनिश्चितकालीन धर्नामा बस्न पनि तयार छौं ।’

आफ्ना मागहरु पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने उहाँको चेतावनी छ ।




भर्खरै