३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कर्मचारी सञ्चय कोषमा अबद्ध भयो सिद्धार्थ बैंक, साढे एक अर्ब कोषले व्यवस्थापन गर्ने

कर्मचारी सञ्चय कोषमा अबद्ध भयो सिद्धार्थ बैंक, साढे एक अर्ब कोषले व्यवस्थापन गर्ने
अ+ अ-

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम व्यवस्थापन गर्नेबारे सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ ।

साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम एक अर्ब ५८ लाख ३० करोड १८ हजार २१७ रुपैयाँ २० पैसा रकम सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।

सिद्धार्थ बैंकमा हाल एक हजार ९५५ जना कर्मचारी कार्यरत छन् । सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागरकुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेशराज महर्जनले हस्ताक्षर गरेका हुन् ।

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम व्यवस्थापन गर्नेबारे सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ ।

साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम एक अर्ब ५८ लाख ३० करोड १८ हजार २१७ रुपैयाँ २० पैसा रकम सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।

सिद्धार्थ बैंकमा हाल एक हजार ९५५ जना कर्मचारी कार्यरत छन् । सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागरकुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेशराज महर्जनले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् बैंकका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरू समेत उपयोग गर्न सक्नेछन् । बैंकका कर्मचारीहरूले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।

यस्तै, कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलव्ध गराउँदै आएको छ । जसअनुसार, साधारण रोगको उपचारको लागि वार्षिक एक लाख रुपैयाँसम्म र कडा रोगको लागि सेवा अवधिभरमा १० लाख रुपैयाँसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ ।

दुर्घटना क्षतिपूर्तिवापत दुई लाखसम्म तथा काजकिरियावापत ४० हजार रुपैयाँ हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाअन्तर्गत प्रति प्रसूति बढीमा दुईपटकसम्म सात हजार ५०० रुपैयाँ प्रदान गर्दै आएको छ ।

कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन् । कुल ८१ हजार ६५० कार्यालयका लाख ७९ हजार सञ्चयकर्ताहरूको सञ्चय कोषको व्यवस्थापन सञ्चय कोषमार्फत भइरहेको छ । साथै, चार हजार २९० कार्यालयका ९५ हजार ७७३ योगदानकर्ताको योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन समेत कोषले गर्दै आइरहेको छ ।

नेपाल सरकारले आर्थिक ऐन, २०८२ मा संशोधन गरी साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू कर्मचारी सञ्चय कोष जस्ता अवकाश कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाहरू कर्मचारी सञ्चय कोषमा आबद्ध हुने क्रम बढ्दै गएको छ ।

गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू २०८३ असार मसान्तभित्र कर्मचारी सञ्चय कोष लगायतमा अनिवार्य आबद्ध हुनु पर्ने व्यवस्थाको जानकारी गराएको थियो । सोहीअनुसार अवकाश कोषहरू कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा आवद्ध भइरहेका छन् ।