१ भाद्र २०८३, सोमबार
,
Latest
जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी



अ+ अ-

रामपुर (पाल्पा): रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् ।

आज नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन् । कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थी आफैँले बनाएका करिब सात सय बढी नागको चित्र बिक्री भएको प्रधानाध्यापक विजय शर्माले जानकारी दिनुभयो ।

“हामीले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यावहारिक ज्ञान, संस्कारसहितको शिक्षा दिएका छौँ”, उहाँले भन्नुभयो, “आफूले तयार पार्न सक्ने कुरामा फजुल खर्च गर्नु हुँदैन, मौलिक संस्कृतिमा जोड दिनुपर्छ, पर्वअनुसार प्रयोगमा आउने विभिन्न ज्ञान, सीप विद्यार्थीलाई दिइरहेका छौँ ।”

विद्यार्थीले तयार पारेको चित्र अभिभावक, शिक्षक तथा स्थानीयवासीले मन पराएर खरिद गरिरहेका छन् । प्रतितस्बिर रु १० मा बिक्री गरेको कक्षा ८ मा अध्ययनरत छात्र भाष्कर विनायक गौतमले बताउनुभयो । “बाहिरबाट आयातित तस्बिरलाई निरुत्साहित गर्न हामीले अष्टनागको चित्र बनाएका हौँ, छिमेकीले राम्रो मानेर किनिदिनुभयो, यसबाट जम्मा भएको रकम अहिले बचत गरेर राखेका छौँ, शैक्षिक क्षेत्रमा नै खर्चने हाम्रो सोच छ”, उहाँले भन्नुभयो ।

यस कार्यले आफ्नो संस्कृति संरक्षण र अर्कातर्फ विद्यार्थीले आम्दानी गर्ने माध्यम बनेको छ । यहाँका विद्यार्थीले घरायसी प्रयोगमा आउने डोको, नाम्लो, ढकियाजस्ता सीप सिकेका छन् । घरघरमा करेसाबारी बनाएर तरकारी लगाउने गरिरहेका छन् ।रासस