१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

परराष्ट्रमन्त्रीसँग प्रमुख राजनीतिक दलका महिला सांसदहरुको आग्रह

परराष्ट्रमन्त्रीसँग प्रमुख राजनीतिक दलका महिला सांसदहरुको आग्रह
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसादहरुले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आग्रह गर्नुभएको छ ।

प्रमुख राजनीतिक दलका सचेतकहरु सहितका महिला सांसदहरुले आज मन्त्री डा राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवं सहयोग गर्न आग्रह गर्नुभएको हो । प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने गरी महिलाहरुको एक समितिका रुपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसदलाई दबाब दिनका लागि उहाँहरुले सो आग्रह गर्नुभएको हो ।

सो भेट तथा अन्तत्र्रिmयामा प्रतिनिधिसभामा सचेतहरु नेपाली कांग्रेसकी सुशिला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा रोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवं पूर्वमन्त्रीहरु रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराई लगायत अन्य सांसदहरु पनि हुनुुहुन्थ्यो ।

सो भेटघाट एवं अन्तक्र्रियामा मन्त्री डा राणाले विगतमा पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरु एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा पनि सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा राणाले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था पनि अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद हो भन्दै महिला समन्वय समिति गठनका लागि संसदमा सबै दलका महिला सांसदहरुको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । सो समिति गठनका लागि आफूले सरकारबाट सक्दो पहल गर्ने पनि मन्त्री डा राणाले त्यस अवसरमा बताउनुभएको थियो ।