२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक झिनो अङ्कले घट्यो, १९ अर्बभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।

आजको कारोबार रकममा भने उत्साह देखिएको छ । विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९, सान्भी इनर्जी लिमिटेडको नौ दशमलव ९२, ट्रेड टावर लिमिटेडको नौ दशमलव ५३ प्रतिशतले बढेको छ । साथै बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ४९, लक्ष्मी उन्नती कोषको सात दशमलव ५२ र ग्रीन भेञ्चर लिमिटेडको पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।