१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

सात लाख रोजगारी सिर्जनाको लक्ष्य

सात लाख रोजगारी सिर्जनाको लक्ष्य
अ अ+ अ-

काठमाडौँ। कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स्वदेशी श्रम बजारमा पनि रोजगारी गुमेको अर्को अवस्थाले सरकारलाई रोजगारी व्यवस्थापनमा चुनौती छ तर यस्तो चुनौतीलाई धेरै हदसम्म समाधान गर्नेगरी सरकारले योजना बनाएको देखिन्छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा यसका कार्यक्रम र अन्य नीतिगत व्यवस्थाबाट कम्तीमा सात/आठ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइएको छ । उहाँका अनुसार आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको मुख्य प्राथमिकतामा रोजगारी सिर्जना परेको छ ।

बन्दाबन्दीका कारण श्रम बजारमा भइरहेको उथलपुथललाई आफ्नो अनुकूल हुनेगरी तयारी गर्ने समय आएको श्रमविज्ञहरूको मत छ । रोजगारविज्ञ गणेश गुरुङका अनुसार अहिले आन्तरिक र विश्व श्रम बजारको नयाँ आयाम पूर्ण सदुपयोग गर्ने अवसर नजिकिँदै छ । “अहिलेको उथपुथलको अवस्थालाई नयाँ प्रस्थान बिन्दु बनाउन सकिन्छ,” उहाँले भन्नुभयो । अहिले युवा सहर छाडेर गाउँगाउँमा पुगेका छन् । स्थानीय सरकारले उनीहरूलाई व्यावसायिक कृषि वा अन्य उद्यममा आकर्षण गर्नुपर्ने उहाँको सुझाव छ । बजेटले पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम बनाएको देखिन्छ । गत वर्षदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय विकासतर्पm केन्द्रित गर्ने सोचमा सरकार रहेको छ । खतिवडा भन्नुहुन्छ, “यो कार्यक्रमबाट मात्रै दुई लाख रोजगारी सिर्जना हुने सरकारको लक्ष्य छ । ” हाल निष्क्रिय रहेको गरिबी निवारण कोषको करिब १९ अर्ब रुपियाँ पनि रोजगारी सिर्जनामा केन्द्रित गर्नेगरी परिचालन गर्ने योजना सरकारको छ । देशभरमा करिब ३२ हजार सामुदायिक संस्थाले सहकारीमार्पmत यो रकम परिचालन गरेर करिब एक लाख ५० हजार रोजगारी थप गर्न खोजिएको छ ।

उता विश्व बैङ्कमार्पmत प्राप्त हुने तीन अर्ब २० करोड ऋणलाई पनि साना किसान विकास बैङ्कमार्पmत परिचालन गरेर ४० हजार जनालाई थप रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको देखिन्छ । लघुउद्यम क्षेत्रका कार्यक्रमहरूबाट पनि सवा लाख रोजगारी सिर्जना हुने अपेक्षा छ । त्यस्तै विभिन्न अवधिका नयाँ प्राविधिक तथा व्यावसायिक तलिम दिने र त्यसमार्पmत एक लाख रोजगारी सिर्जना गर्न खोजिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । वन पैदावारमा आधारित कार्यक्रमबाट ३० हजार र नवप्रवर्तन कोषमार्फत दुई हजार रोजगारी सिर्जना हुने अनुमान सरकारको हो । विदेशमा रोजगारी गुमाएर आउने युवाका लागि स्वदेशमै उद्यामशीलता प्रवद्र्धन गराउने सोच सरकारको देखिन्छ । सरकारले युवालाई सीपयुक्त तालिम रोजगारस्थलमै दिने योजना पनि सरकारले बनाएको छ । बेरोजगार जनशक्तिलाई कार्यस्थलमै तालिम (ओजेटी) दिलाउन सरकारले समेत लगानी गर्दै छ । निजी उद्योग र प्रतिष्ठानमा काम गर्दा पनि तीन महिनासम्म आधारभूत तलबको ५० प्रतिशत सरकारले नै बेहोर्ने छ । यस्ता तालिम लिएका व्यक्तिलाई ती प्रतिष्ठानहरूले कम्तीमा दुई वर्षको रोजगारी सुनिश्चितता दिनुपर्ने पनि यसको प्रावधान छ ।

नेपाली श्रमका लागि विदेश जाने मात्र होइन ठूलो सङ्ख्यामा विदेशी श्रमिक नेपाल आएर काम गर्ने गरेका छन् । अहिले त्यस्ता विदेशी श्रमिक अधिकांश स्वदेश फर्किएका छन् । ती स्थानमा नेपालीलाई नै राख्ने सोच पनि सरकारको रहेको छ । यो कार्यान्वयन हुनसक्यो भने मात्रै पनि कम्तीमा चार लाख रोजागरी नेपालीका लागि थप हुने अनुमान छ । महामारीपछि फेरिएको श्रम बजारको अवस्थाबाट पनि प्रचुर लाभ लिन सकिने गुरुङ देख्नुहुन्छ । महामारीलगत्तै कहाँ कस्तो अवस्थामा रोजगारी हुने अवस्था छ र त्यो मागलाई नेपालीको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कूटनीतिक नियोगदेखि सरोकारवाला अहिले सक्रिय हुनुपर्ने उहाँको सुझाव छ। गोरखापत्र दैनिक