१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

कोरोनाको संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीरः डब्लुएचओ

कोरोनाको संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीरः डब्लुएचओ
अ अ+ अ-

काठमाडौं । स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस ९कोभिड–१९० को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पुर्याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’

न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। सुर्र्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए। श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।

सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।प्रकाशराज न्यौपानेले धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताए। उनले भने, ‘सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कोरोना संक्रमणले गम्भीर बनाउँछ। रोग प्रतिरोधात्मक क्षमता न्यून हुने भएकोले मृत्यु हुने जोखिम पनि बढी हुन्छ।’ डा। न्यौपानेका अनुसार, धुम्रपानबाट फोक्सो, पिसाबथैली, मुख, जिब्रो, घाँटी, खानेनली लगायत शरीरका विभिन्न अंगको क्यान्सर हुन्छ।

वरिष्ठ छाति रोग विशेषज्ञ डा. बम भन्छन, ‘अभिभावकले धुम्रपान सेवन गरिरहेका छन् भने छेउमा बसेका बालबालिकामा प्रभाव पार्छ। बालबालिकाको शारिरिक एवं मानसिक विकासमा नकारात्मक असर गर्छ।’ स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक वर्ष २७ हजार व्यक्तिको मृत्यु धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको छ। हरेक तीनजना नेपालीमध्ये एक जना धुम्रपान तथा सुर्तिजन्य पदार्थको अम्मली छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेका अनुसार, देखासिकी, साथीहरुको संगत, तनाबबाट मुक्त भइने भ्रम सेवनकर्तामा देखिन्छ। ३१ मे लाई विश्व धुम्रपानरहित दिवसका रुपमा विश्वभर मनाइन्छ। अन्नपुर्णपोष्ट दैनिक