५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा मानसिक रोगी श्रीमान्‌बाट श्रीमतीको काठ प्रहार गरी हत्या



अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नी ४० वर्षीया पत्नी रविना ठाडा मगरको काठले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, शनिबार राति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीमाथि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठको टुक्राले आक्रमण गरेका थिए। कडा प्रहारका कारण रविनाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी स्थानीयले राति करिब २ः३० बजे प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनेबित्तिकै अस्थायी प्रहरी बिट करेखोलाबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपी दानसिंहलाई तत्काल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा १० सदस्यीय टोली परिचालन गरिएको छ। प्रारम्भिक जानकारी अनुसार दानसिंह मानसिक रोगी रहेको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।