२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

सुर्खेतमा मानसिक रोगी श्रीमान्‌बाट श्रीमतीको काठ प्रहार गरी हत्या

सुर्खेतमा मानसिक रोगी श्रीमान्‌बाट श्रीमतीको काठ प्रहार गरी हत्या
अ अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नी ४० वर्षीया पत्नी रविना ठाडा मगरको काठले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, शनिबार राति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीमाथि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठको टुक्राले आक्रमण गरेका थिए। कडा प्रहारका कारण रविनाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी स्थानीयले राति करिब २ः३० बजे प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनेबित्तिकै अस्थायी प्रहरी बिट करेखोलाबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपी दानसिंहलाई तत्काल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा १० सदस्यीय टोली परिचालन गरिएको छ। प्रारम्भिक जानकारी अनुसार दानसिंह मानसिक रोगी रहेको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।