८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा क्‍वारेन्टाइनमा एक बालकको मुत्यु



अ+ अ-

काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा राखिएका साढे ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा बालक जिल्लाको नवदुर्गा गाउँपालिका–३ का रहेका छन्। शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए। राती डडेल्धुरा पुगेको उनीहरुलाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

बालक गम्भीर बिरामी परेको खबर पाएर प्रहरीले उनलाई आफ्नै गाडीमा अस्पताल पुर्‍याएका थियो । डडेल्धुरा अस्पतालले भने अस्पताल पुर्याउनुभन्दा अघि नै बालकको मृत्यु भएको पुष्टि गरेको छ । बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो। ‘

अस्पतालका अनुसार मृतक बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको छ । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने अस्पतालले जनाएको छ । सौर्य दैनिक




भर्खरै