२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थिरताका लागि एमाले-काँग्रेस सहकार्यः मन्त्री पाण्डे



अ+ अ-

vसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एमाले—काँग्रेस सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ ।

आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेस र एमाले पार्टीको सहकार्य र प्रतिष्पर्धा काम गर्नका लागि नै भएको बताउनु भयो । अहिलेकै गठबन्धनलाई ०८४ सम्म लैजाने र ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने अठोटका साथ अहिलेको गठबन्धन अघि बढिरहेको बताउनु भयो । दुई पार्टीबीचको प्रतिष्पर्धा काँग्रेसबाट सरकारमा गएका वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो गरे भन्ने रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पार्टीको फोरममा र प्रधानमन्त्रीज्यु भएको फोरममा पनि भन्ने गर्दछु । दुई वटा पार्टी नेपाली काँग्रेस र नेकपा एमाले पार्टी सहकार्य र प्रतिष्पर्धा दुवै गर्नका निम्ति तत्परताका साथ एक ठाउँमा उभिएका छाँै । हामी सहकार्य ०८४ सम्म यही गठबन्धनलाई लिएर जानेकुराका लागि सहकार्य गर्दछौँ । ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने प्रयोजनका निम्ति हामीले यो अठोटका साथ अघि बढेका छौँ । ०८४ सम्म पुग्दा हाम्रो प्रतिष्पर्धा कसले बढी राम्रो ग¥यो भन्ने हो । काँग्रेसबाट गएका मन्त्रीहरुले राम्रो गरे की, एमालेबाट गरेका मन्त्रीहरुले राम्रो गरे भन्ने हो । काँग्रेसबाट बन्ने प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ की अहिले नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ । ०८४ सम्मको सहकार्य राजनीतिक स्थिरताका लागि हो ।’

मन्त्री पाण्डेले साहित्यमा विपी कोईरालाको योगदान अविष्मरणीय रहेको बताउनु भयो ।