२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल

कुलिङ पिरियडबारे दाहाललाई योगश भट्टराईको जवाफ– ‘तपाईंमाथि नै छानबिन गर्ने कि ?’

कुलिङ पिरियडबारे दाहाललाई योगश भट्टराईको जवाफ– ‘तपाईंमाथि नै छानबिन गर्ने कि ?’
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको जालसाजीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि छानबिन हुन सक्ने बताएका छन् ।

सचिव भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कुलिङ अफ पिरियडबारे दाहालले शनिबार दिएको अभिव्यक्तिको जवाफ दिँदै दाहालमाथि नै छानबिन गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एमाले कुलिङ अफ पिरियड राख्नुपर्छ भन्ने अडानमा रहेको बरू प्रधानमन्त्री भएको समयमा दाहाल नै कुलिङ अफ पिरियडको पक्षमा नरहेको दाबी गरेका छन् ।

सचिव भट्टराईले लेखेका छन्– ‘२०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुन्थ्यो र तपाईं कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन ।’

उनले विपक्षी बेन्चमा पुगेपछि दाहालमा एकाएक कुलिङ पिरियडको भूत जागेको विषयमा पनि प्रश्न गरेका छन् ।

‘आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस्,’ उनले लेखेका छन् ।

भट्टराईले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रचण्ड वरिष्ठतम सदस्यको हैसियतमा रहेकाले उनीमाथि पनि प्रश्न उठ्ने बताएका छन् ।

‘समितिले कुलिङ अफ पिरियड निर्णय गरेको थियो। तर समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफ्नै बोली आफैलाई गलापासो नहोस!,’ दाहाललाई सम्बोधन गर्दै भट्टराईले फेसबुकमार्फत भनेका छन् ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले कुलिङ अफ पिरियडमा भएको हेरफेरमा एमालेको भूमिका रहेको प्रष्ट भएको बताएका थिए ।

त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने उनको भनाइ थियो ।