९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश स्थानीय तहका लागि रु तीन अर्ब छ करोड बजेट



अ+ अ-

खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गरेको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो ।  दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि रु ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि रु २९ करोड १५ लाख, केपिलासगढी गाउँपालिकाका लागि रु २४ करोड ४२ लाख र खोटेहाङ गाउँपालिका लागि रु ३२ करोड एक लाख बजेट प्राप्त भएको छ । 

यस्तै, जन्तेढुङ्गा गाउँपालिकाका लागि रु २५ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लागि रु ३१ करोड ९९ लाख, रावाबेँसी गाउँपालिकाका लागि रु २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि रु २० करोड दश लाख र साकेला गाउँपालिकाका लागि रु २० करोड २५ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट विनियोजित बजेटको सिलिङ रातो किताबमा प्रकाशन गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए । 

सांसद भट्टराईका अनुसार दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना, त्रिधार्मिकस्थल हलेसी, धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, बहानेपोखरी, मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राजमार्गलगायतमा समेत बजेट विनियोजन भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । 

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गरिने जलविद्युत् आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेपछि जिल्लावासी हर्षित भएका छन् । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सफल पार्न खोटाङका रमेश पौडेलको संयोजकत्वमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ । 




भर्खरै