३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

युवा अवस्थामा किन बढ्दैछ डाइबिटिज ?

युवा अवस्थामा किन बढ्दैछ डाइबिटिज ?
अ+ अ-

काठमाडौं ।केही वर्षदेखि डाइबिटिज (मधुमेह) तिब्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्यांक हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डाइबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ ।

हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डाइबिटिज भएको तथ्यांकले देखाउँछ । विगत केही समयदेखि यो ग्लोवल प्याण्डामिकका रुपमा बढिरहेको छ । डाइबिटिजको क्यापिटल (राजधानी) चीन र भारत हो । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएका देश पनि यिनै दुई वटा हुन् । नेपालको अवस्थामा जनसंख्याको ८ देखि १० प्रतिशतमा डाइबिटिज रहेको बताइएको छ ।

मधुमेहका सम्बन्धमा न्युज एजेन्सी नेपालले डा. प्रिया दर्शिनी योञ्जनसँग नेपालमा मधुमेहको अवस्था, स्थिति र उपचारबारे कुरा गरेको छ । प्रश्तुत छः डा. योञ्जनसँग गरिएको कुराकानीको सम्पादित अंश ।

मुख्य कारण जैवनशैली

हाम्रो अहिलेको जीवनशैली पहिलेको भन्दा धेरै नै फरक छ । पहिला संसारभर नै जति एक्टिभ खालको जीवनशैली हुन्थ्यो, मान्छेहरू धेरै हिँड्थे, अहिले त्यस्तो खालको वातावरण छैन । शहरतिरको अलिक छिटो लाइफस्टायल हुन्छ । बाहिरतिर खाने, स्ट्रेसफुल कामको इन्भाइरोमेन्टका कारणहरूले गर्दा मोटोपनाको मात्र पनि मानिसहरूमा बढिरहेको हुनाले डाइबिटिजको संख्या बढिरहेको हो ।

त्यो सँगसँगै मानिसहरू अलिक सचेत भएर परीक्षण गर्ने टाइमिङ पनि अलिक छिटो—छिटो भएको हुनाले यसले बढिरहेको देखाएको हो । तर मुख्यकुरा जीवनशैलीकै कारण अहिले मधुमेह बढिरहेको हो ।

अर्को के कुरा याद गर्नुपर्छ भने मधुमेह भएको व्यक्तिमा जुन खालको लक्षणहरू हुन्छ, जस्तो कि तिर्खा लाग्ने, पिसाव लाग्ने, घाउ निको नहुने, तौल घट्दै जाने, प्रायमा यी लक्षण हुँदैनन् । त्यसकारण लक्षण नभइकन त कसैले ब्लड टेस्ट गर्दैन । तर पनि कुनै समस्या नभइकन पनि ब्लड टेस्ट गर्दा हामीले धेरैमा डाइबिटिज देखेका छौँ ।

मधुमेह र थाइराइडको सम्बन्ध

मधुमेह र थाइराइड भनेको एन्डोक्राइन प्राक्टिस अर्थात् हर्मोन सम्बन्धी विशेषज्ञ भएको हुनाले यी दुईवटा रोगहरू सबैभन्दा कमन हर्मोनल कन्डिसन हो । त्यहाँबाट शुरु गरौँ । डाइबिटिज नभएको व्यक्ति र डाइबिटिज भएको व्यक्तिलाई तुलना गरेर हेर्दा थाइराइडको समस्या डाइबिटिज भएका व्यक्तिहरूमा बढी मात्रामा भेटाइन्छ । विशेष गरेर टाइपान डाइबिटिज अर्थात प्रकार १ डाइबिटिज भन्छौँ । जुन बच्चादेखि नै अर्थात शुरुदेखि नै इन्सुलिनको अभाव भएको रोग हो । यो रोगमा थाइराइडको समस्या अझै बढी लगभग ३० प्रतिशतमा नै भेटाउँछौँ ।

मधुमेह कसलाई हुनसक्छ ?

मधुमेह त जसलाई पनि हुनसक्ने रोग हो । तर मधुमेह हुनुमा धेरै कुराको रिस्क फ्याक्टर हुन्छ । जस्तो मैले मोटोपनको कुरा गरेँ । सेटेन्टरी लाइफस्टाइल अर्थात् अलिक एक्टिभ नहुने, एउटै ठाउँमा लामो समय बस्ने, फिजिकल एक्टिभिटी नभएको, शारीरिक ब्यायाम नहुने, अथवा बंशाणुगत छ भने ती रिस्क फ्क्टरहरूले भविष्यमा डाइबिटिज हुने रिस्क बढाउँछ । तर हामीले भन्छौँ नि मोटो मान्छेमा नै डाइबिटिज देखिने हो, त्यस्तो होइन । हामीले नेपालको जनसंख्यामा हेर्दा वा भारतमा पनि के भेटिरहेका छौँ भने डाइबिटिजको समस्या पश्चिमा अर्थात युरोप अमेरिकाको तुलनामा अलिक छिटो अथवा १० वर्षअघि नै देखिने गरेको छ । मोटोपन नभएको मान्छे जस्तै शारीरिक रुपमा मान्छे दुब्लो छ, तर सेन्ट्रल ओबिसिटी अर्थात पेटमा बोसोको मात्रा बढी हुने त्यस्तो ब्यक्तिहरूमा पनि हामीले डाइबिटिज भेट्टाइरहेका छौँ । भनेपछि मोटोपना नै हुनुपर्छ भन्ने छैन ।

परीक्षण कसले गर्ने, कसरी गर्ने ?

मधुमेह हामी सामान्यतया ब्लड टेस्टबाट हेर्छौं । परीक्षणका क्रममा हामीले कि खाली पेटमा सुगर हेर्छौं कि त खाना खाएको दुई घण्टापछि हेर्छौं । अर्को तीन महिनाको सुगर हेर्ने जाँच हुन्छ । जसलाई हामी एचपीए वायोप्सी भन्छौँ । यी तीन वटा जाँचमा जुनै जाँच गर्दा पनि डाइबिटिज छ कि छैन भनेर हामीलाई थाह हुन्छ ।

अहिलेको गाइडलाइन अर्थात् अमेरिकन डाइबिटिज एशोसिएशनले के भन्छ भने तिब्र गतिमा बढेको रोग भएको हुनाले ३० वर्ष नाघेको, जसमा कुनै पनि रिस्क फ्याक्टर छैन भनेपनि सबैले ब्लड टेस्टमा सुगरको जाँच गर्नुपर्छ । र नर्मल आयो भने हरेक तीन–तीन वर्षमा गर्दा राम्रो हुन्छ ।

यो बाहेक तपाईंमा डाइबिटिज हुने रिस्क फ्याक्टर छ, जुन अघि मैले कुरा गरिसकेँ । तपाईंको परिवारमा छ, मोटोपना छ, लाइफस्टाइल त्यति एक्टिभ छैन भने उहाँहरूले पनि गर्नुपर्छ । त्यो सँगसँगै जसमा कहिले कहीँ हर्मोनहरू गडबड हुने कन्डिसन छ, जस्तो महिलाहरूमा महिनावारी गडबड हुने, टाइममा नहुने । यस्तो कन्डिसनमा जसलाई हामीले ‘पुलिसेस्टिक ओन्ड्रिक सिस्टम’ भन्छौँ । अथवा पहिले गर्भवती भएको बेलामा सुगर देखिएको छ, जसलाई हामी ‘जेस्टिसन डाइबिटिज’ भन्छौँ । यस्तो समस्या देखिएको छ भने पनि यस्ता व्यक्तिहरूले एक–एक वर्षको फरकमा आफ्नो ब्लडसुगर चेक गर्नुपर्ने हुन्छ ।

थाइराइड पनि डाइबिटिजको जस्तै ब्लड टेस्टबाट थाहा हुन्छ, लक्षणहरूबाट थाहा हुँदैन । थाइराइडको टेस्टलाई हामी ‘थाइरोइड फङ्सन टेस्ट’ भन्छौँ । जुन सिम्पल ब्लड टेस्ट हो । यो जता पनि हुने जाँच हो । त्यसकारण टीएफटी अर्थात् ‘थाइरोइड फङ्सन टेस्ट’ बाट हामीलाई थाहा हुन्छ ।

थाइराइड कसले टेस्ट गर्ने ?

अघि कुरा गरेजस्तै जस्तो टाइप वान डाइबिटिज छ भने यस्तो व्यक्तिहरूले टेस्ट गर्नुप¥यो । महिलाहरूमा प्रेगनेन्सी अगाडि चेक गर्नुप¥यो । जुन महिलाहरूको बाँझोपनको समस्या छ, महिनावारी गठबडीको समस्या छ, यस्तो महिलाहरूले चेक गर्नुप¥यो । र फेम्लीमा कसैलाई थाइराइडको समस्या छ भने उहाँहरूले चेक गर्नुप¥यो । सँगसँगै लक्षणहरू छ भनेपनि उहाँहरूले पनि चेक गर्नुप¥यो ।

मधुमेहका प्रकार

मधुमेहका पनि धेरै प्रकार हुन्छ । त्यसमध्ये प्रकार १ र २ का बारेमा कुराकानी गर्छु । हामीले ९० प्रतिशतभन्दा धेरै जुन प्राक्टिसमा भेट्टाउँछौँ त्यो प्रकार २ मधुमेह हो ।

प्रकार २ अथवा टाइप टु डाइबिटिज उमेर बढ्दै गएपछि यो प्रकारको मधुमेह लाग्ने सम्भावना बढी हुन्छ । ४० वर्ष नाघेपछि टाइप २ डाइबिटिजको रिस्क बढ्दै जान्छ । तर प्रकार २ मधुमेह बच्चादेखि वृद्धसम्म जसलाई पनि लाग्न सक्ने रोग हो ।

दोस्रो भनेको टाइप १ डाइबिटिज । प्रकार १ मधुमेह प्रायजसो बच्चाहरूमा देखिने रोग हो । तर, यो पनि उमेर कटिसकेकाहरूमा पनि देखिन सक्छ । तर, बच्चाहरूमा नै बढी देखिन्छ ।

युवा अवस्थामा किन बढ्दैछ डाइबिटिज ?

‘युथ अनसेट डाइबिटिज’ अथवा अलि कम उमेरमै ४०-३५ वर्षभन्दा कम उमेरमै देखिने डाइबिटिज पनि विगत केही वर्षहरूमा बढेको देखिएको छ । पहिले हामीले के सोच्थ्यौँ भने डाइबिटिज उमेर बढेपछि हुने रोग हो, यो एकदम गलत हो ।

अहिले जसरी जीवनशैली परिवर्तन भएको छ, खानपान पहिले जस्तो छैन, जुन प्रकारको स्टे«स छ, यी कारणहरूले गर्दा कम उमेरमा अथवा ३५ वर्ष नपुग्दै वा ३० वर्ष मुनिकालाई पनि डाइबिटिज देखिराखेको छ ।

५० वर्ष अगाडिसम्म पनि हामीले यस्तो देखेका थिएनौँ । तर १५/२० वर्षयता किशोरावस्थामा वा युवाअवस्थामा देखिने डाइबिटिज हामीले लगभग दोब्बर पाएका छौँ । अहिले जुन प्रकारको जीवनशैली छ, खानेकुराको स्वरुप छ, बाहिर बढी खाने, फिजिकल एक्सरसाइज नगर्ने, ओबिसिटी अर्थात् मोटोपनाले यो समस्या बढाएको छ ।

के खाने के नखाने ?

मधुमेह भएको व्यक्तिहरूले अलिक कम कार्बोहाइड्रेट भएको खानेकुरा खाने भनेर सल्लाह दिन्छौँ । चिनी, आलु, यो प्रकारको खानेकुरा खाँदा सुगर एकैचोटी ह्वात्तै बढ्छ । त्यसकारण चिनी, आलु, मैदाले बनेका परिकारहरू नखाने सल्लाह दिन्छौँ । त्यो बाहेक भिनी मिसिएका चिजहरू मिठाइहरू, जुस, कोक, फेन्टा, आइसक्रिमहरू भयो, जसमा चिनीको मात्रा धेरै हुन्छ । यस्तो प्रकारको खानेकुरा पनि नखाने सल्लाह दिन्छौँ ।

ग्रामिण क्षेत्रमा डाइबिटिज कम 

प्रायजसो ग्रामिण क्षेत्रमा बस्ने मानिसहरूमा डाइबिटिज कम नै देखिन्छ । किनभने उहाँहरूको जीवनशैली अलिक एक्टिभ हुन्छ, जस्तो खेतीमा जाने, काम गर्ने, श्रम बढी हुन्छ । खानेकुरा पनि प्रायः घरकै खानुहुन्छ । मिलाएर खानुहुन्छ । उहाँहरूको डाइट पनि अलिक हेल्थी हुन्छ । तर, के पनि देखिएको छ भने ग्रामिण क्षेत्र पनि शहरीकरण हुँदै जाँदा परिश्रम कम, खानेकुरा पनि नमिलाएर खाने गरेको देखिएकोले त्यहाँ पनि डाइबिटिज देखि नै रहेका छौँ । तर शहरमा बस्ने मानिसहरूमा डाइबिटिजको मात्रा अलिक बढी नै देखिन्छ ।

इन्सुलिन वा औषधि खानेले ध्यान दिनुपर्ने कुरा

मधुमेह भएको व्यक्ति जसले इन्सुलिन (सुगरलाई घटाउने सुई) प्रयोग गरिरहनुभएको छ, वा औषधि खाइरहनुभएको छ, उहाँहरूले चाडपर्वको बेला आफ्नो औषधि नियमित लिने, खानेकुरामा ध्यान दिनुपर्छ । किनभने चाडपर्वमा अलिकति गुलियो खानेकुरा बढी खाने, चिल्लो बढी खाने हुन्छ । त्यसकारण यस्ता कुरामा ध्यान दिएर चिल्लो, गुलियो बारेर सामान्य, जुन सादा खानेकुराहरू छ, त्यो मिलाएर खानुपर्ने हुन्छ ।
लामो यात्रामा जाँदै हुनुहुन्छ भने पनि आफ्नो खानेकुरा बोकेर हिँड्ने, आफ्ने इन्सुलिनहरू आइसमा प्याक गरेर बोक्ने, औषधिहरू बोकेर हिँड्ने । यात्रा गर्दा यदी तपाईं आफूले ड्राइभ गरिरहनुभएको छ, गाडी कुदाइरहनुभएको छ भने एउटा सुगर नाप्ने मेसिन बोकेर हिँड्ने । लामो समय हिँड्दा सुगर लो हुनसक्छ । खानेकुरा समयमा खाने, बिचबिचमा मसिनले सुगर चेक गर्ने र आफूसँग केही गुलियो खानेकुरा जस्तो चकलेटहरू पकेटमा राख्ने । यदी सुगर लो भयो भने त्यो खानुभए हुन्छ ।

जीवनशैली कस्तो बनाउने ?

दिनको शुरुवात सकारात्मक सोचबाट गर्नुप¥यो । निद्रा राम्रो हुनुप¥यो । बिहान उठेर आफ्नो दिनको शुरुवात कुनैपनि प्रकारको फिजिकल एक्सरसाइजबाट गर्ने । र खानेकुरा यस्तो मिलाउनुस् किनभने अहिले व्यस्त जीवनशैली छ । हामी सबैजना व्यस्त हुन्छौँ, काम कहिले पुग्ने भनेर रेस हुन्छ । बिहानको खाना सकभर घरबाटै खाएर जानुहोस् । सक्नुहुन्छ भने आफ्नो खानेकुरा प्याक गरेर लैजानुहोस् । सक्नुहुन्न भने खानेकुरा के खानुहुन्छ, त्यसमा विशेष ध्यान दिनुहोस् ।

प्रायः हाम्रो खाजा भनेको मैदाले बनेको परिकार हुन्छ । जस्तै, समोसा, मम, चाउमिन, यस्तो खानेकुरा सकेसम्म नखानुहोस् । यसको सट्टा बरु चिउरा, तरकारी, रोटी, उसिनेको अण्डा यस्तो मिलाएर खानुहोस् । मिल्छ भने घरबाट सलादहरू पनि बोकेर लैजानुस् । कामको स्ट्रेस अलि कम गर्नुहोस्, कामको धेरै स्ट्रेस नलिनुहोस् । खानेकुराको टाइमटेबल मिलाएर र औषधि नछुटाइकन लिनुपर्ने हुन्छ ।

औषधि छोड्दा के हुन्छ ?

तपाईंलाई मधुमेह भइसकेको छ र औषधि खाने गर्नुभएको छ भने आफैँ औषधि नछोड्नुहोस् । किनभने यो दीर्घरोग हो । औषधि नछाड्ने, आफ्नो जीवनशैली मिलाउने । डाइबिटिजको उपचार भनेको औषधि मात्र होइन, यसको सबैभन्दा फाइदा गर्ने उपचार भनेको आफ्नो जीवनशैली हो । त्यो भनेको खानपान मिलाउनुप¥यो । तौल यदी बढी छ भने तौल घटाउनुप¥यो । धुम्रपान मध्यपान गर्नुहुन्छ भने यो दुवै कुरालाई छोड्नुहोस् । मधुमेह भएको व्यक्तिमा उपचार गर्ने भनेको जटिलताहरूबाट बचाउनका लागि हो । जटिलताहरूबाट बचाउनका लागि जीवनशैली पनि सुधार्नुपर्ने हुन्छ । र चौँथो भनेको तपाइँलाई बोलाएको टाइममा परीक्षण गर्नुहोस् । वर्षको एकपटक आफ्नो आँखा, किड्नी लगायत अरु जाँच गर्नुपर्ने परीक्षणहरू गर्नुहोला । र सकारात्मक सोच राख्नुहोस् ।

ध्यान दिनुपर्ने कुरा

हामीले के कुरा याद गर्नुपर्छ या ध्यान दिनुपर्छ भने मधुमेह भएको व्यक्ति प्रायलाई थाह हुँदैन कि मलाइ मधुमेह छ भनेर । मलाई मधुमेहको लक्षण छैन, त्यही भएर म किन टेस्ट गर्ने भनेर सोच्नुहुन्छ । तर, ५० प्रतिशत व्यक्तिहरूमा मधुमेह भइसकेपछि पनि कुनै पनि लक्षणहरू हुँदैन । त्यसकारण तपाइँ ३० वर्ष कट्नुभएको छ भने कृपया वर्षको एकचोटी आफ्नो स्वास्थ्य जाँचमा एउटा सुगरको जाँच पनि राख्नुहोस् । किनभने यो एउटा सिम्पल टेस्ट हो । तपाईं बिहानको समयमा खाली पेटमा गएर ब्लड दिनुभए हुन्छ, दिनभरी कुर्नुपर्दैन । तपाईंमा लक्षण छैन भनेपनि वर्षको एक पटक सुगर टेस्ट गर्नुहोस् ।