काठमाडौँ । नेपाली काँग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई संविधान जारी गरेपछि पूरुा हुन्छन् भन्ने दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरु संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ । संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ । त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ । यो काम नेपाली काँग्रेसले मात्रै गर्दछ । किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन् । उनीहरुको प्राथमिकतामा छँदै छैन । त्यसैले दुई तिहाई त पुग्ला, कसैले भन्नुभएको छ, दुई तिहाई पुग्दैन, २०८७ मा पुग्छ । पुग्ला ०८७ मा । हाम्रो संख्या पुग्दैन, त्यो कुरा छोडिदिऔँ । जुन प्रणालीलाई लिएर अघि बढेका छौँ, यो नै उत्तम प्रणाली हो भन्ने हामीलाई लागेको छ । यसलाई उन्नत बनाउन लागि रहनुपर्छ ।’
सांसद निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।









