६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतको भित्तामा नेपालको नयाँ नक्सा



अ+ अ-

नापी विभागले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भित्तामा राख्न सोमबार सर्वोच्च अदालत पठाएको छ । सर्वोच्च अदालतको भित्तामा राख्नका लागि पाँच थान नयाँ नेपालको नक्सा विभागले न्यायालयमा पठाएको हो । सो नक्सालाई सोमबार नै भित्तामा टाँसिएको छ । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार पाँचवटा नक्सामध्ये एउटा प्रधानन्यायाधीशको कार्यकक्षमा, अर्को मुख्य रजिस्ट्रारको कोठामा टाँसिएको छ । बाँकी तीनवटा अन्य कोठामा टाँसिने जनाइएको छ । यसअघि नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको थिएन । ती तीन क्षेत्रबाहेकका नक्सा वर्षौंदेखि नेपालका विभिन्न कार्यालयमा टाँसिँदै आएको थियो ।

ती तीन क्षेत्र समेटिएर केही दिनअघि मात्र मन्त्रिपरिषद्ले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम भूमि सुधारमन्त्रीले नयाँ नक्सालाई बाहिर ल्याउनुभएको थियो । भूमि सुधारमन्त्रीले उक्त नक्सा सार्वजनिक गर्नासाथ विभिन्न कार्यालयमा त्यस्तो नक्सा टाँस्न शुरू गरिएको थियो । न्यायालयमा मात्र केही ढिलो गरी सो नक्सा पठाइएको हो । ‘ढिलो भए पनि अदालतमा नयाँ नक्सा भित्तामा टाँसिएको छ । यसले गर्दा न्याय दिने ठाउँमा पनि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नक्सा भित्तामा झुन्डिएको देख्दा रमाइलो लाग्ने रहेछ ।’ –सर्वोच्चका एक कर्मचारीले भने । भारतले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटेर मानसरोवर पुग्नका लागि बाटो बनाएको छ । सो बाटोको भारतीय एक मन्त्रीले उद्घाटन गरेपछि नेपाल सरकारलगायत नेपाली जनताले समेत विरोध जनाइसकेका छन् ।

आफ्नो स्वामित्वको भूमि भारतले प्रयोग गर्न लागेपछि वास्तविकरूपमा नै नेपालको भोगचलनमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइरहेको छ । सोही क्रममा नेपालले ती तीन भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेको हो । निसान छापमा रहेको नेपालको नक्सामा पनि ती तीन क्षेत्र समेटिने बनाउन संविधान संशोधनको विधेयक सरकारले प्रतिनिधिसभामा दर्ता गरिसकेको छ । नेपालको प्रायःजसो पार्टीहरू सो विधेयकको पक्षमा रहेका छन् । नेपाल समाचारपत्र दैनिक