१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा हाम्रो जनमत मजबुत छ: काँग्रेस



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी एवं पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको हो ।

बैठकमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो । उहाँकाअनुसार बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयले भने प्रवेश पाएन । गत निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित हुनुभएको थियो । उहाँको निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो । आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल नभएको प्रमुख सचेतक घिमिरेले बताउनु भयो । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ २० हजार मतसहित काँग्रेस पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र तेस्रोमा १४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी रहेको थियो । आउने उपनिर्वाचनमा मधेसवादी दलहरु एक भएर लड्ने चर्चा छ ।

उहाँले भन्नुभयो, ‘रुपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौँ । मुख्य रुपमा केन्द्रित भनेको आगामी उपनिर्वाचनमा हाम्रो रणनीति, योजनाका विषयमा छलफल भएको छ । मन्त्री हेरफेरको विषयमा कुनै चर्चा भएको छैन । रुपन्देहीमा हामीले हेर्ने भनेको विभिन्न गठबन्धनहरु थिए गत निर्वाचनमा । ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो । गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा काँग्रेस पहिलो पार्टीकै रुपमा थियो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो । त्यसपछि क्रमशः मधेसवादी दलहरु थिए । अहिलेको पोजिसन के छ भनेर ट्याक्कै भन्न त गाह्रो छ । विश्लेषण गरेर हेर्दा काँग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरु एक भएर लड्ने भन्ने चर्चा पनि आएको छ । काँग्रेस नै पहिलो पार्टी हो । त्यो निर्वाचनमा प्राविधिक रुपले चुनाव हारेका हौँ । स्थानीय निर्वाचनमा पनि हामी पहिलो पार्टी हो । हाम्रो भोटको अवस्था मजबुत छ ।’

गत निर्वाचनमा आफूहरु प्राविधिक रुपले हारेपनि जनमतको अवस्था मजबुत रहेको काँग्रेसको ठम्याइ छ ।