२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला



अ+ अ-

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित मस्र्याङ्दी नदी किनारामा एक बालिकाको शव फेला परेको छ । बिहीबार साँझ सो स्थानमा सुन्दरबजार–७ धारापानीका प्रेमबहादुर घर्तीकी ११ वर्षीय छोरी शान्ति मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहका अनुसार यही असार २ गते दिदी र अर्की साथीसँग सो नदीमा गएकी शान्ति नुहाउने क्रममा पानीको छालले बगाएर बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र आफन्तले खोजीकार्य गर्दै आएका थिए ।

शिवालय मन्दिरबाट पाँच सय मिटरमाथि सो नदी किनारामा शान्तिको शव फेला परेको प्रहरीले जनाएको छ । आफन्तले सो शवको पहिचान गरेको र मुचुल्का उठाएर परीक्षणका लागि प्रदेश अस्पताल बेँसीसहरमा ल्याइएको सूचना अधिकारी शाहले बताउनुभयो ।