काठमाडौं । नेकपा एमालेले सदस्यता नवीकरण नगर्ने घोषणा गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनमा तत्कालका लागि ठेस लागेको छ । तर उहाँले अझै पनि आशा भने पारिसक्नुभएको छैन । बरु नेकपा एमालेका आफ्नो विरुद्ध लागेकाहरुलाई उहाँले चुनौती दिइरहनुभएको छ ।
नेकपा एमालेको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा आफ्नाविरुद्ध धेरै आवाज आएको र त्यसैका आधारमा एमालेले सदस्यतालाई पेन्डिङमा राख्ने निर्णयपछि आक्रोसित भण्डारीले आज पत्रकार सम्मेलन गर्दैहुनुहुन्छ ।
भण्डारीले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । उहाँले आजको पत्रकार सम्मेलनमा के के विषयमा बोल्नुहुन्छ भन्ने सर्वत्र चासो छ ।
भण्डारीले बानेश्वरस्थित कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो ।
एमाले सदस्यता नवीकरण नगर्ने निर्णयप्रति भण्डारीको औपचारिक र आधिकारिक टिप्प्णी आएका छैन । उहाँले के बोल्नुहोला र आगामी योजना के छन् भन्ने खुल्दुली जनतालाई भइरहेका बेला उहाँले आज पत्रकार सम्मेलन गरी स्पष्ट धारणा ल्याउन लाग्नुभएको हो । यो पत्रकार सम्मेलनलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।
एमालेको निर्णयपछि निकट व्यक्तिहरुसँग भण्डारीले आफू अघि बढिसकाले अब पछाडि फर्कनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले आफ्ना केही योजनासमेत रहेको बताइरहनुभएको थियो । अब आज भण्डारीले के के विषयमा खुलासा गर्नुहोला भन्नेमा धेरैको चासो देखिन्छ ।









