५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको एक्सनपछि आज के आउला विद्याको बोली ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सदस्यता नवीकरण नगर्ने घोषणा गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनमा तत्कालका लागि ठेस लागेको छ । तर उहाँले अझै पनि आशा भने पारिसक्नुभएको छैन । बरु नेकपा एमालेका आफ्नो विरुद्ध लागेकाहरुलाई उहाँले चुनौती दिइरहनुभएको छ ।

नेकपा एमालेको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा आफ्नाविरुद्ध धेरै आवाज आएको र त्यसैका आधारमा एमालेले सदस्यतालाई पेन्डिङमा राख्ने निर्णयपछि आक्रोसित भण्डारीले आज पत्रकार सम्मेलन गर्दैहुनुहुन्छ ।

भण्डारीले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । उहाँले आजको पत्रकार सम्मेलनमा के के विषयमा बोल्नुहुन्छ भन्ने सर्वत्र चासो छ ।

भण्डारीले बानेश्वरस्थित कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो ।

एमाले सदस्यता नवीकरण नगर्ने निर्णयप्रति भण्डारीको औपचारिक र आधिकारिक टिप्प्णी आएका छैन । उहाँले के बोल्नुहोला र आगामी योजना के छन् भन्ने खुल्दुली जनतालाई भइरहेका बेला उहाँले आज पत्रकार सम्मेलन गरी स्पष्ट धारणा ल्याउन लाग्नुभएको हो । यो पत्रकार सम्मेलनलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

एमालेको निर्णयपछि निकट व्यक्तिहरुसँग भण्डारीले आफू अघि बढिसकाले अब पछाडि फर्कनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले आफ्ना केही योजनासमेत रहेको बताइरहनुभएको थियो । अब आज भण्डारीले के के विषयमा खुलासा गर्नुहोला भन्नेमा धेरैको चासो देखिन्छ ।