१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

काठमाडौं महानगरपालिकाको नयाँ पहल: पहिला श्रम, त्यसपछि मात्रै राहत

काठमाडौं महानगरपालिकाको नयाँ पहल: पहिला श्रम, त्यसपछि मात्रै राहत
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । अब महानगरपालिकाले तोकेको काम गर्नेलाई मात्र राहत उपलब्ध गराउनेछ । यसले राहतको दुरुपयोग हुने क्रम रोकिने महानगरपालिकाले जनाएको छ । यसअघि राहत वितरण गर्दा हुने खाने व्यक्तिसमेत सहभागी भएपछि त्यसलाई रोक्न महानगरले पहिला श्रम र त्यसपछि मात्रै राहतको नीति अख्तियार गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले मजदुर र विपन्न वर्गलाई लक्षित गरी राहतका लागि अनिवार्य रुपमा श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिए । ‘श्रम गरेपछि सोही आधारमा मात्रै राहत दिइनेछ, यो नीति लागु गर्दा वास्तविक श्रमिकले मात्रै सुविधा पाउँछन् र दुरुपयोग हुने क्रम पनि रोकिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने ।

महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् । उनले महानगरपालिकाले सबै वडामा सो कार्यविधिअनुसार श्रमपछि मात्रै राहत वितरण गर्न सर्कुलर जारी गरेको जानकारी दिइन् । ‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ नाम दिइएको कार्यविधिमा महानगरभित्र काम गर्ने श्रमिकलाई लक्षित गरेर श्रममा आधारित राहत वितरण गरिने व्यवस्था गरिएको छ । महानगरले राहतस्वरुप श्रमबापत पैसा वा खाद्यान्नको व्यवस्था गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ । दैनिक रुपमा ज्यालादारी गर्ने असंगठित संस्थामा काम गर्ने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेपछि वडाध्यक्षले उचित ठानेमा श्रममा आधारित राहत दिइनेछ । पहिलो चरणमा वडा कार्यालयले खास रुपमा राहत चाहिने असंगठित संस्थामा काम गर्ने व्यक्तिको लगत बनाउने र त्यसैअनुसार काम लगाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा एक परिवारका एक सदस्यलाई सातामा दुई दिन परिचालित गर्नुपर्ने प्रावधान राखिएको छ । महानगरले उपलब्ध गराउने रकम महानगरको विपद् व्यवस्थापन कोष वा सम्बद्ध बजेट शीर्षक एवं कार्यक्रममा विनियोजित बजेटबाट गरिनेछ । महानगरले सामाजिक दुरी कायम गरेर लगाइने काम बिहान र बेलुका गरी ८ घण्टाको हुनेछ । एकै व्यक्तिले दुई वडामा काम गर्न र पारिश्रमिक लिन पाउनेछैन । कामको अनुगमन, सुपरिवेक्षण गर्ने जिम्मेवारी काम लगाउने सम्बन्धित वडा कार्यालय वा काम लगाउने महानगरपालिकाअन्तर्गतको प्रशासनिक इकाइको हुनेछ ।

यी क्षेत्रमा कामपछि दाम
महानगरको कार्यविधिमा मजदुरले गर्ने कार्यसमेत तोकिएको छ । सोहीबमोजिम वडाहरूले सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत तथा सम्भार, ढल निकास एवं फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यकरण, सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास, स्वास्थ्य, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, महानगरपालिका वा वडाले तोकेको अन्य समेत गरी सात प्रकारको काम दिनुपर्ने कार्यविधिमा उल्लेख छ । मजदुरहरूले यी कामका आधारमा राहतस्वरुप नगद तथा खाद्यान्न पाउनेछन् । राजधानी दैनिक