१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालित

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालित
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटाइएको हो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट प्राप्त तथ्यांकअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट प्रत्यक्ष रुपमा ४६ हजार ८ सय जनशक्ति खटाइएको छ । यसैगरी, ब्याक सपोर्टमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उनीहरू सडकदेखि सीमासम्म खटिएका छन् । यसैगरी, सशस्त्र प्रहरीतर्फबाट देशभर गरी ३१ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । जसमध्ये सीमा क्षेत्रमा मात्रै २२ हजार ५ सय जनशक्ति खटिएका छन् । अन्य जनशक्ति भने नेपाल प्रहरीसँगै ब्याक फोर्सका रुपमा खटाइएको छ ।

यस्तै, नेपाली सेनातर्फबाट ७ हजार ६ सय ३० सैनिकलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्यक्ष रुपमा परिचालन गरिएको छ । हालसम्म क्वारेन्टिनको सुरक्षामा सेनातर्फबाट १ हजार ३ सय २८ जना सैनिक खटिएका छन् । यसैगरी, आइसोलेसन सुरक्षा, हेल्थ डेस्क र रेस्पोन्स टिममा समेत सेनाका जनशक्ति खटिएका छन् । सेनाबाट २ हजार २ सय ९० जना स्वास्थ्यतर्फका डाक्टरसहितका जनशक्ति छुट्टै परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सेनाबाट सडक पट्रोलिङका लागि समेत ८ सय २५ जना खटिएका छन् । यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ हजार ९ सय ९७ जनाको जनशक्ति परिचालन गरिएको छ । उनीहरूले समेत ब्याक सपोर्टका रुपमा काम गरिरहेका छन् । विभागबाट खटिएकाहरू उपत्यकासहित सीमा नाकामा छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरी प्रहरीतर्फबाट मात्रै सडकदेखि सीमासम्म करिब ५६ हजार सुरक्षाकर्मी परिचालित भएको जानकारी दिए ।सशस्त्र प्रहरीतर्फबाट सुरक्षामा खटिएका जनशक्तिलाई भने धेरैजसो स्थानमा टर्च लाइटको समस्या भएको छ । कतिपय स्थानमा रहेका सशस्त्रका अस्थायी चेक प्वाइन्टहरू भारततर्फकै एसएसबीको टर्च लाइटको भरमा सुरक्षामा खटिएका छन् । खुला सीमा भएका कारण सशस्त्र प्रहरीले रातको समयमा टर्च बालेर भ्याइनेसम्मको क्षेत्रमा निगरानी गर्ने गरेको छ । सीमामा खटिएका एक जना सशस्त्र प्रहरी निरीक्षकले कोरोना सन्त्रासका बीचमा गाँस र बासको भरबिना नै रात दिन नभनी खटिँदै आएको बताए । ‘न गाँसको भर छ, न बासको, सीमाको पट्रोलिङमा हिँड्दा खाने सुत्ने समय पाउनै मुस्किल छ,’ सशस्त्र प्रहरीका ती निरीक्षकले भने ।

सेना परिचालनको तयारी
संक्रमण बढ्दै गएपछि सरकारले सेना परिचालनको तयारी गरिरहेको छ । सरकारले संक्रमण बढेका स्थानमा सबै जिम्मेवारी सेनालाई नै दिने गरी सेना परिचालनको तयारी गरेको हो । गत शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा २६७ (६)अनुसार महामारीको बेला नेपाली सेना परिचालन गर्ने निर्णय गरिसकेको छ । संविधानअनुसार संकटको समयमा राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुन सक्नेछ । संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने र सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनुपर्ने उल्लेख छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले समेत शनिबार नै सेनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।

सरकारले स्वदेश फर्किने नेपाली नागरिकको आइसकेपछिको व्यवस्थापनको जिम्मेवारीसमेत सेनालाई दिइसकेको छ । गत १२ जेठको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सेनालाई भारतसहित विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनको जिम्मेवारी दिएको हो । जसअनुसार विदेशबाट आउनेहरूलाई सेनाले होल्डिङ सेन्टर हुँदै घरसम्म पुर्याउनेछन् । यसैगरी, क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी सेनालाई छ भने दोस्रोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तोकिएको छ । जसमा स्थानीय तहलाई पनि राखिएको छ । सीसीएमसीले करिब ९ लाख नेपाली विदेशबाट फर्किने अनुमान गरेको छ । राजधानी दैनिक