काठमाडौँ । स्पेन यूईएफए महिला युरो फुटबलको फाइनलमा प्रवेश गरेको छ । जर्मनीलाई १–० ले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो ।
निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । १ सय १३औं मिनेटमा ऐताना बोनमाटीले गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याइन् ।
अब स्पेनले उपाधिका लागि इंग्ल्यान्डसँग फाइनल भिडन्त गर्नेछ । यसअघि २०२३ को विश्वकपको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ स्पेन १–० ले विजयी बन्दै उपाधि उचालेको थियो ।










