३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु



अ+ अ-

एजेन्सी । टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा रहेको बताउनु भयो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

पश्चिमी र मध्य प्रान्तहरू साकार्या, अन्टाल्या, एस्किसेहिर, बिलेसिक र डेनिजलीमा आगो निभाउन अग्निनियन्त्रक टोलीहरू काम गरिरहेका थिए । टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले वर्षको शुरुवातदेखि अहिलेसम्म आगलागीको कुल संख्या ४ हजार नाघेको बताउनु भयो । जसमध्ये १ हजार ७ सय २८ वन क्षेत्रहरूमा भएका छन् ।