३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु



अ+ अ-

एजेन्सी । टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा रहेको बताउनु भयो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

पश्चिमी र मध्य प्रान्तहरू साकार्या, अन्टाल्या, एस्किसेहिर, बिलेसिक र डेनिजलीमा आगो निभाउन अग्निनियन्त्रक टोलीहरू काम गरिरहेका थिए । टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले वर्षको शुरुवातदेखि अहिलेसम्म आगलागीको कुल संख्या ४ हजार नाघेको बताउनु भयो । जसमध्ये १ हजार ७ सय २८ वन क्षेत्रहरूमा भएका छन् ।