२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो



अ+ अ-

 काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको हो ।

जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको निधन भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।