२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संशोधन गर्नुपर्छ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताउनु भयो । उहाँले संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको बताउनु भयो । आफू नै गणतन्त्रको पिता भएकाले गणतन्त्र जन्माउने व्यक्तिलाई गणतन्त्रको सबैभन्दा बढी चिन्ता, चासो र जवाफदेही हुने बताउनु भयो । गणतन्त्रमाथि प्रश्न उठेपछि अभियान चल्दाचल्दै पनि काठमाडौं आएर जनप्रदर्शन गरेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो, सकिएन समीक्षाको बेला आएको छ । हामीले संविधान कति राम्रोसँग कार्यान्वयन गर्न सकियो, सकिएन, त्यसको पनि समीक्षाको बेला आएको छ । हामी पहिला त समीक्षा गरौँ त्यसपछि संशोधन र परिमार्जनको प्रक्रियामा लैजाऔँ । यसमा पनि सबै बुद्धिजीवि, नेता, कार्यकताहरु र राजनीतिक दलको ध्यान जाओस् ।’

अध्यक्ष दाहालले कुनैपनि राजनीतिक दलबाट महिला अघि आउने कुरा आफ्नो लागि खुशीको कुरा भएको बताउनु भयो । महिला,दलित, आदिवासी, जनजाति, थारुले पाएको अधिकारमा इतिहासले सम्मान गरिसकेको बताउनु भयो ।