१४ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’



अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले १२ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले तीनवर्षे सिभिल इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा लिनबाट वञ्चित नबनून् भन्नका लागि सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

“अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, अध्यक्ष राईले भन्नुभयो, “आर्थिक अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन भन्नका लागि १२ जना विद्यार्थीलाई सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दैछौँ । यहाँ आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” रासस