३ पुष २०८२, बिहीबार
,
Latest
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान प्रयोग गरी सगरमाथाको सर्भे



अ+ अ-

काठमाडौं । नेपाली आकाशमा अहिले चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ। तर, ती व्यावसायिक वा चार्टर्ड उडान भने होइन। अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनिया विमान आकाशमा उडेका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको उचाइ नाप्ने प्रक्रियाअन्तर्गत सर्वेक्षण सुरु गरेको हो। दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको महानिर्देशक पोखरेलले बताए। चिनियाँ साइडबाट सर्वेक्षणका लागि दुई सेप्टेम्बर ३० देखि डिसेम्बर ३१ सम्मका लागि दोस्रो चरणको समय निर्धारण गरिएको छ। सर्वेक्षणका लागि सफा मौसम आवश्यक पर्ने भएकाले पहिलो चरणअन्तर्गत अहिले चीनको साइडबाट सगरमाथाको उचाइ नाप्ने काम भइरहेको बताउँदै पोखरेलले सर्वेक्षणका लागि उडान हुने समयमा काठमाडौं विमानस्थललाई टावर सम्पर्क कार्यालय तोकिदिएको जानकारी दिए। नेपालमा वर्षायाम सुरु हुने भएकाले जुन २० देखि उता सेप्टेम्बर २९ सम्म सगरमाथा उचाइ मापनको काम रोकिने बताइएको छ।

यता, नेपालको साइडबाट पनि सर्वेक्षणको काम २०७६ पुसतिर नै सकिएको नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए। २०७४ माघबाट समरमाथाको विभिन्न कोणबाट उचाइ नाप्ने काम सुरु गरिएको थियो। सगरमाथाको उचाइ नाप्न नेपालले यसपटक परम्परागत र आधुनिक विधि गरी दुवै विधि अपनाएको उनको भनाइ छ। सूचना अधिकारी ढकालका अनुसार परम्परागत विधि अन्तर्गत लेबलिङ विधि रहेको छ। यसमा समतलन नापि र त्रिकोणमितिय नापी पर्दछ। समतलन नापीमा पनि परिशुद्घ समतलन र त्रिकोणमितिय समतलन नापि रहेको छ। आधुनिक विधि अन्तर्गत ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम (जीएनएसएस) रहेको छ। अर्को गुरुत्वोकार्षण सर्वेक्षण विधि रहेको छ। परम्परागत तथा नयाँ विधिबाट नापी लिएपछि सर्भे करेक्सनका लागि यो विधि गर्न अत्यन्त जरुरी हुने ढकालले बताए। सगरमाथाको चुचुरोमा ग्राउन्ड पेनिट्रेटिङ राडर (जीपीआर) विधिबाट सर्वेक्षण गरिएको थियो। त्यसपछि मौसमसम्बन्धी तथ्यांक पनि लिन जरुरी हुन्छ भनी ढकाल भन्छन्।

यी सबै सर्वेक्षणका विधि सकेर गत पुसमा सर्वेक्षण टोली फर्किएर तथ्यांक चेकजाँचको काम भइरहेकोमा लकडाउनका कारण अहिले रोकिएको ढकालले जानकारी दिए। तथ्यांक संशोधनको अन्तिम तयारीमा रहेको बेला कोरोनाका कारण लकडाउन लागु भएपछि काम रोकिएको भन्दै ढकालले नभए गोष्ठी गरेर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारीमा नापी विभाग रहेको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्दछ। हाल सगरमाथको उचाइ ८,८४८ मिटर रहेको छ। सो उचाइको मापन सन् १९५२ देखि १०५४ सम्म छिमेकी मुलुक भारतमा बेलायती उपनिवेशको सरकारको समयमा भएको थियो। सर्भे अफ इन्डियाका बी।एल गुलाइटीको समूहले गरेको यो मापनलाई अहिलेसम्म विश्वले नै मान्यता दिइरहेको छ। त्यसपछिका समयमा पनि विभिन्न मुलुकले सगरमाथाको उचाइको मापन गरेको भए पनि अपानाइएका विधिका कारण तीनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको पाइँदैन। अन्नपुर्णपोष्ट दैनिक