२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानले बालकोनी बुलेटप्रुफ बनाउनुको कारण बताए



अ+ अ-

एजेन्सी । गत वर्ष बलिउडका ‘भाइजान’ सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाइएको थियो । त्यसको केही समयपछि, अभिनेताले आफ्नो घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा जडान गरेका थिए ।

हालै सलमानले धम्कीको डरले नभई फ्यानहरू बारम्बार आउने कुराले विचलित भएकोले आफूले बालकोनी सुरक्षित गरेको बताएका छन् ।

हालै सलमान खान इन्डियन सुपरक्रस रेसिङ लिग सिजन २ को अनावरण गर्न गएका थिए । यस क्रममा उनलाई भनिएको थियो कि उनी हरेक पटक ईदको अवसरमा फ्यानहरूलाई भेट्न बाल्कोनीमा आउने गर्थे, तर यस वर्ष त्यस्तो भएन किनभने अभिनेताले बुलेटप्रुफ सिसा पछाडि उभिएर फ्यानहरूलाई भेटे ।

यसमा अभिनेताले भने, ‘यो अरू कुनै कारणले जडान गरिएको छैन । तर हामीले सुरक्षाको लागि केही त गर्नुपर्‍यो, किनकि धेरै पटक हामीले बाल्कनीमा प्रशंसकहरू सुतिरहेको भेट्टायौं । तिनीहरू बाल्कनीमा चढेर सुत्थे, त्यसैले हामीले यसलाई छोप्नुपर्थ्यो ।’

१४ अप्रिल २०२४ मा बिहान ५ बजेतिर सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउन्ड गोली चलाइएको थियो । गोली चलाउने मानिसहरू घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएका थिए ।

गोलीबारी त्यही भित्तामा भएको थियो, जहाँबाट अलि टाढा सलमानको बाल्कोनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन् ।

फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट जीवित गोली फेला पारे । लरेन्स ग्रुपले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।