२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ?



अ+ अ-

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको र्साजनिक लेखा समितिको बैठकमा सांसद मोदीले सो प्रश्न गर्नुभएको हो । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेसन (जेसीई)ले फर्जी डकुमेण्ट पेस गरेको विषयमा परेको उजुरी र विवादबारे छलफल गर्न बुधवार सार्वजनिक लेखा समितिको बैठक बसेको हो ।

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का लिन जेसीई÷एएनकेले जलविद्युत आयोजना निर्माणको अनुभव पु¥यााउन चिनियाँ कम्पनी हेजाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीसँग मिलेर चीनमा ९० मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो । तर हेजाउले जगदुल्ला हाइड्रो कम्पनीलाई आफ्नो कम्पनीको नाम र छाप नक्कल गरी अनधिकृत रुपमा प्रयोग गरिएको पत्र पठाएपछि विवाद बढेको हो । हाल जगदुल्ला हाइड्रो पावर आयोजनाविरुद्ध संसदको सार्वजनिक लेखा समिति, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि आयोजना अगाडि बढ्न सकेको छैन ।

बैठकमा सरकार र आयोजनाको भूमिकामाथि प्रश्न गर्दै सांसद मोदीले भन्नुभयो, ‘शंकास्पद रुपमा एनयुजर सर्टिफिकेट अनुसूचि ५ को कुनैपनि मिति तथा सही समेत नभएको तथ्य किन नजरअन्दाज गरेको ? मात्र बाँधको फोटो बुझाइएको छ । अन्य संरचनाहरू सुरुङ, पावरहाउस आदीको फोटो किन बुझाएन ? जेसीई÷एएनके ले दिएको जीआईएसपीएम अनुसुची ६ कोअर्डिनेट गुगल तथा एप्पल म्यापबाट हेर्दा सो कोअर्डिनेट दसौँ किलोमिटरसम्म कुनैपनि जलविद्युत् आयोजनाको नामोनिसान नदेखिएको देखिन्छ । अनुसूची ८ को के यो तथ्यहरू सही हो ? यस्तो साधारण र आधारभूत जाँच गर्ने जनशक्ति र प्राविधिक जनशक्ति, र प्राविधिक मूल्यांकन समिति र व्यवस्थापनमा नभएको हो ? यस्तो गम्भीर विषय नजरअन्दाज गरेको देखिन्छ । प्रश्न र निष्कर्ष हेर्दाखेरी जेसीई÷एएनकेको दाबी माग सही छ, त्यसको अर्थ सिन्हो हाइड्रो पावरको कीर्ते कागज पेस गरेको ठहर अनिवार्य छ कि छैन ? दुई वटाको सर्टिफिकेट के हो ? भन्ने छानबिन नगरीकन एउटै सर्टिफिकेटले दिएको देखिन्छ । यी सबै विषयबस्तु हेर्दा खाली बन्नुपर्छ बन्नुपर्दैन भन्नुभन्दा यो देशमा ब्याप्त भ्रष्टाचार छ, जताततै कमिसन छ । जताततै भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । तसर्थ त्यो सबै मिलेर तपाइँहरूले नपाउने, कामै नगरेको कम्पनीलाई उहाँहरूले प्रमाणको रुपमा पेस गर्ने गरेर पाइराखेको छ, त्यो गम्भीर प्रश्न उठेको छ ।’

जगदुल्ला आयोजना निर्माणका लागि आवेदन दिएका ४ कम्पनीमध्ये सिनो हाइड्रो पावर र जेसीइ÷एएनके जेभी सर्टलिस्टमा परेका थिए । त्यसलगतै सिनो हाइड्रोपावरले जलविद्युत आयोजना नै नबनाएको र योग्यता नै नपुगेको कम्पनी सर्ट लिस्टमा परेको भन्दै जेसीई÷एएनकेविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो । २३ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजना निर्माणका लागि करिव १६ अर्ब ऋण र ? सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।