२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो ।

उहाँले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने भन्ने नरहेको बताउनु भयो । उहाँले चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताउनु भयो । आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उहाँको भनाइ छ । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताउनु भयो । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । पलायन हुनुपर्ने कुनै आवश्यकता छैन । सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्, जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ । संगठनालाई उचाईमा पु¥याउन सकिन्छ । यो हाम्रो अनुभवले बताएको कुरा हो । आन्तरिक कुरा पार्टीभित्र गर्ने हो । जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त भन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन । कम्युनिष्ट आन्दोलनको भविष्य छ । पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउँछ ।’

अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको बताउनु भयो । समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरुको काँधमा रहेको बताउनु भयो ।