६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा थपिए १६ कोरोना संक्रमित, संक्रमित संख्या ५४ पुग्यो



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोनासंक्रमित पुष्टी भएका छन् । बिहीबार पुष्टी भएका १६ जनासँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जना नयाँ कोरोना संक्रमित पुष्टी भएका थिए । बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । योसँगै बागलुङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ पुगेको र दूई जना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१, २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ पुष्टी भएकासँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ र म्याग्दीमा दुई पुगेको छ ।

गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म तीन हजार ९६६ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ३६८ जनामा कोरोना संक्रमण नदेखिएको र ५४१ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ । गोरखापत्र दैनिक