८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा आजबाट कामकारवाहीमा बृद्धि



अ+ अ-

कोभिड–१९ को संक्रमण बढ्दै गएको भए पनि सर्वोच्च अदालतले न्यायालयको काम कारवाहीमा बृद्धि गरेको छ । लकडाउनको अवधिमा कोभिड–१९ संगसम्बन्धित रिट निवेदन, बन्दीप्रत्यक्षीकरणको विषय र सरकारले दायर गरेका कतिपय मुद्दाको सुनुवाई गरिएको भएपनि बिहीबार देखि नै सुनुवाई हुने गरी अन्य विषयको पनि प्रकृया अगाडि बढाइने सर्वोच्चले जनाएको छ ।सर्वोच्चबाट थाहा भए अनुसार थप सुनुवाई हुने मुद्दाहरुमा सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ नम्बर बमोजिमका निवेदन रहेका छन् । सो नम्बरमा तल्ला अदालतले गरेका आदेशमा चित्त नबुझ्ने पक्षले माथिल्लो अदालतमा निवेदन दिन सक्ने ब्यवस्था छ ।

यसैगरी पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने सर्वोच्चबाट दरपीठ भएका निवेदनहरु, लकडाउनको अवधि भन्दा अघि दर्ता भएका कानून व्यवसायी वा पक्ष उपस्थित हुन सक्ने बन्दीप्रत्यक्षीकरणको निवेदन, कानून व्यवसायी नियुक्त नगरेका थुनामा रहेका ब्यक्ति पुनरावेदक भई दायर भएका र बैतनिक कानून व्यवसायीमार्र्फत प्रतिनिधि हुन सक्ने मुद्दाहरु पनि सुनुवाई हुने भएको छ ।

नेपाल सकार पुनरावेदन भएका मुद्दामा प्रत्यक्षी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी गत चैत ९ गते अगावै म्याद थमाउने अवधि ब्यतित भएका अवस्थाका मुद्दाहरु, पक्ष तारेखमा नरहेका वा तारिख गुजारी गत चैत ९ गते अगावै म्याद थमाउने म्याद समाप्त भएका कानून व्यवसायी मुकरर नभएका वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुद्दाहरु र मिलापत्र तथा मुद्दा फिर्ता सम्बन्धी विषय पनि सुनुवाई हुन सक्ने भएका छन् । नेपाल समाचारपत्र दैनिक




भर्खरै