२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकटका भातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् । 

अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् । 
    
‘‘नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’’–विज्ञप्तिमा भनिएको छ ।