१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका फरक मत



file photo
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन नहुने एमाले केन्द्रीय कमिटीको निर्णयमा तीन जनता नेताहरूले असहमति जनाउनुभएको छ ।

मंगलबार राति सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा अन्य सबै सदस्यहरूले देशकै अभिभावक र नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पुन राजनीतिक दलको झण्डा बोकेर हिँड्दा नकारात्मक सन्देश जाने भन्दै उहाँलाई सक्रिय राजनीतिमा ल्याउन नहुन सुझाव दिनुभएको थियो ।

‘नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक पछि पत्रकारहरूलाई जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी बैठकले गरेको सो निर्णयमा पार्टीका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको गौतमले जानकारी दिनुभयो । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, गौतमले भन्नुभयो ।

केन्द्रीय कमिटी बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको थियो । ती मध्ये तीन जना सदस्यहरूले मात्र सो निर्णयमा असहमति जनाउनुभएको छ ।

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पनि विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यले अझै एमाले पार्टीमा केपी ओलीकै नेतृत्व आवश्यक रहेको धारणा राख्नु भएको थियो । उहाँहरूले केपी ओलीकै नेतृत्वमा मिसन २०८४ मा जानु पर्ने सुझाव दिनुभएको थियो ।