१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीतापाइलाबाट यौनवर्द्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद



अ+ अ-

काठमाडौँ : औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन तथा विक्री वितरण गर्नेमाथि निगरानी बढाएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन राखेर राजधानीका विभिन्न ठाउँबाट अवैध रुपमा औषधि उत्पादन तथा विक्री वितरण कारबाही गर्न विभागले सक्रियता बढाएको हो । सोही क्रममा बालाजु र सितापाइलामा अवैध औषधि उत्पादन तथा विक्री वितरण भइरहेको भेटिएको छ ।

विभागले औषधि उत्पादनमा प्रयोग भएका सामग्री र औषधिजन्य अन्य सामान जफत समेत गरेको छ । विभागका औषधी व्यवस्थापक किरण बज्राचार्यका अनुसार दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा विभागले पछिल्लो १०–१५ दिनदेखि लोकेसन ट्रयाक गर्दै गर्दै कारबाही  प्रक्रिया अगाडि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्ता  नभएको तथा अनलाइनको माध्यमबाट नक्कली औषधीहरु  विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा विगत १०, १५ दिनदेखि लोकेसन ट्र्यास गरिरहेका थियौं । यही क्रममा हामीले एकहप्ता अगाडि बालाजुको एउटा नक्कली औषधि बनाउने ठाउँमा सिज पनि गरेका थियौं । त्यसको अरु गिरोह खोज्दा सीतापाइलामा यौन बढाउने तथा जाँड रक्सी छुटाउने औषधि भनेर नक्कली औषधि उत्पादन तथा विक्री वितरण भइरहेको ठाउँमा पुगेका छौं । सञ्चालक फरार रहेका छन् । अरु सबै औषधीजन्य समानहरु हामीले जफत गर्छौं । औषधिको आधिकारिकता बुझेर मात्र किनबेच गर्नै आग्रह गर्दछौं ।’

उहाँले औषधिको आधिकारिकता पुष्टि नगरी कुनै औषधि खरिद–विक्री नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । —न्युज एजेन्सी नेपाल