१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पाँच पदाधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत आज बिहान साढे १० बजे देउवा निवास बूढानीलकण्ठमा पुगेका हुन् ।

सात जना पूर्व पदाधिकारीको सोमबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । त्यही बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु बूढानीलकण्ठ पुगेका हुन् । भेटमा विमलेन्द्र निधि र डा. शशांक कोइराला भने सहभागी भएका छैनन् ।

सोमबार बसेको बैठकले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने र २०८४ को निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकाको थियो । कांग्रेस र एमाले वीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने उनीहरुको निर्णय थियो ।