१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

आज म्यान्मार र यूएईले आफ्नै खर्चमा नेपाली फिर्ता गर्दै

आज म्यान्मार र यूएईले आफ्नै खर्चमा नेपाली फिर्ता गर्दै
अ अ+ अ-

काठमाडौं । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र बिम्स्टेक सदस्य मुलुक म्यान्मारले आफ्नै खर्चमा १ सय ९४ जना नेपालीलाई स्वदेश फर्काउँदैछ। यूएईले एक सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू शुक्रबार (आज) काठमाडौं आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन। म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाए। म्यान्मारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए। नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यान्मारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो। म्यान्मारले आफ्नो सेनाको दुई वटा विशेष जहाजबाट २६ जना नेपाली ल्याउँदै छ। म्यान्मारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान ९ः५० र १०ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।

यूएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यान्मार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए। विमानस्थल ओर्लिएपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको शंका भएमा त्यस्ता व्यक्तिलाई सीधै कोभिड अस्पताल लगिनेछ। अन्यलाई कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले प्रदेश अनुरुप तोकेको होल्डिङ क्षेत्रमा राखिनेछ। त्यसपछि सम्बन्धित प्रदेशसँगको समन्वयमा उनीहरूलाई सम्बन्धित पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राखिनेछ। १४ दिने क्वारेन्टाइन बसाइका क्रममा कोरोना भाइरसको संक्रमण नदेखिएमा उनीहरू आफ्नो घर जान सक्ने गरी तयारी गरिएको छ। क्वारेन्टाइनमा रहेका बेला कोरोना भाइरसको संक्रमण देखिए उनीहरूलाई प्रदेशस्थित कोभिड अस्पतालमा भर्ना गरिनेछ। सीसीएमसीको संयोजनमा म्यान्मार र यूएईबाट नेपालीहरू फिर्ता ल्याउन लागिएको हो। म्यान्मारबाट आउनेहरूमा बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का १ जना छन्।

यूएईबाट आउने १ सय ६८ मध्ये प्रदेश १ का १ सय ३३ जना र बाँकी गण्डकी प्रदेशका रहेको उल्लेख छ। यूएईबाट आउने यात्रुको संख्या घटबढ भएकाले प्रदेशअनुसार यात्रुको विवरण प्रस्ट भइसकेको छैन। म्यान्मार र यूएईबाट आएका सबैलाई सीसीएमसीले बनाएको कार्ययोजनाअनुसार व्यवस्थापन गरिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई प्रदेशबमोजिम तोकिएको होल्डिङ क्षेत्रमा राखिनेछ। सीसीएमसीले प्रदेश १ का यात्रुको व्यवस्थापनका लागि १ हजार जना क्षमताको भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल पार्टी प्यालेस र ठिमीस्थित हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोेकेको छ। बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का यात्रुलाई काठमाडौंको सुकेधारास्थित मिराकल र स्काइजोन पार्टी प्यालेस, बसुन्धारास्थित यती र कुण्डलिनी पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोकेको छ। उपत्यकामा बस्ने यात्रुलाई समेत सुकेधारा र वसुन्धाराकै पार्टी प्यालेसमा राखिनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेश जाने यात्रुका लागि ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेज, महालक्ष्मीस्थानस्थित डिलाइट र खरिबोटस्थित मण्डला पार्टी भेन्युलाई होल्डिङ क्षेत्र तोकिएको छ। सरकारले कोरोना भाइरसको संक्रमणका कारण हवाई र स्थलमार्गबाट स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना बनाएको थियो। सीसीएमसीले बनाएको उक्त कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको हो। यससँगै यूएईबाट अन्य नेपाली पनि उनीहरूले ल्याउँदै छन् भने कुवेत र ओमानबाट पनि ल्याइदिने गरी तयारी अगाडि बढेको छ। साउदी र कतारबाट पनि आउनेछन्। मलेसियाबाट पनि नेपाली फर्काउने गरी प्रक्रिया अगाडि बढेको छ। अन्य युरोपेली मुलुक, अस्ट्रेलिया र अमेरिकाबाट पनि फर्कनका लागि नेपालीले आवेदन दिएका छन्। तयारीमा ढिलाइ हुँदा नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान भएको तेस्रो विमान पनि खाली फर्कनुपरेको छ।

म्यान्मारको सैनिक जहाजबाट आउने

कुलः २६ जना

बागमती प्रदेशः १७ जना

गण्डकी प्रदेशः ४ जना

१ प्रदेशः ४ जना

५ प्रदेशः १ जना

एयर अरेबियाबाट आउने

कुलः १ सय ६८ जना

१ प्रदेश र कर्णाली प्रदेश

अन्नपुर्णपोष्ट दैनिक