१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्त थापाको ‘मयाली’ सार्वजनिक



अ+ अ-

काठमाडौँ।  ठेट लय र शब्दमा बनेको मौलिक गीत ‘मयाली’ ले यतिबेला लोकसङ्गीत वृत्तमा चर्चा पाइरहेको छ ।

गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीतलाई युट्युबमा पनि रूचाइएको छ । थापाको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार सार्वजनिक गीतले हालसम्म तीन लाख बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द/सङ्गीत पनि थापाकै रहेको छ ।

म्युजिक भिडियोलाई एकिन्द्र सरशंकरले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । गायक थापाले आफैं भिडियोमा अभिनय गरेका छन् भने उनलाई मोडल लक्ष्मी थापा मगरले साथ दिएकी छन्।

गीतको म्युजिक भिडियोको छायाङ्कन बागलुङको ढोरपाटन उपत्यकामा गरिएको थियो । थापाको उक्त गीतले मौलिक सिर्जनाको मूल्यलाई थप स्थापित गरिदिएको लोकसङ्गीत क्षेत्रका अगुवाहरूले बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका निवर्तमान अध्यक्ष एवं सर्जक रमेश बिजीले बजारमा लोकगीत–सङ्गीत बेच्नेहरू मात्र नभएर बचाउनेहरू पनि रहेको भन्दै थापाको प्रशंसा गरेका छन् ।

हेर्नुहोस् भिडियो :