३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका जानेले अब थप २५० डलर तिर्नुपर्ने



अ+ अ-

काठमाडौं । अमेरिका भ्रमण गर्दा भिसा आवेदन शुल्कमा थप २५० डलर तिर्नुपर्ने भएको छ । अमेरिकाले नयाँ ‘भिसा इन्टेग्रिटी कर’ तिर्नुपर्ने व्यवस्था गरेको हो ।

यो नयाँ कर ट्रम्प प्रशासनको हालै पारित भएको घरेलु नीति विधेयकको एक प्रावधान अनुसार लगाउन लागिएको हो ।

यो कर अमेरिकामा प्रवेश गर्ने गैरआप्रवासी भिसा प्राप्त गर्ने सबै व्यक्तिलाई लागु हुनेछ ।

यो प्रावधान पर्यटक र व्यवसायिक यात्रु, अन्तर्राष्ट्रिय विद्यार्थी र अन्य अस्थायी आगन्तुकलाई समेत लागू हुने छ ।

अमेरिकी विदेश मन्त्रालयलको तथ्यांकअनुसार सन् २०२४ मा अमेरिकाले करिब १ करोड १० लाख गैरआप्रवासी भिसा जारी गरेको थियो ।

यसमा भिसा छुट कार्यक्रममा समावेश भएका देश, जस्तै अस्ट्रेलिया र धेरै युरोपेली देशका पर्यटक र व्यवसायिक यात्रुलाई ९० दिन वा त्यसभन्दा कम समयको बसाइका लागि भिसा आवश्यक नपर्ने बताइएको छ ।

भिसा जारी गर्दा यो शुल्क तिर्नुपर्ने र कुनै पनि मिनाहा नहुने बताइएको छ । भिसाको सर्तहरू पालना गर्ने यात्रुले यात्रा समाप्त भएपछि यो शुल्क फिर्ता पाउनसक्ने बताइएको छ ।