२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका जानेले अब थप २५० डलर तिर्नुपर्ने



अ+ अ-

काठमाडौं । अमेरिका भ्रमण गर्दा भिसा आवेदन शुल्कमा थप २५० डलर तिर्नुपर्ने भएको छ । अमेरिकाले नयाँ ‘भिसा इन्टेग्रिटी कर’ तिर्नुपर्ने व्यवस्था गरेको हो ।

यो नयाँ कर ट्रम्प प्रशासनको हालै पारित भएको घरेलु नीति विधेयकको एक प्रावधान अनुसार लगाउन लागिएको हो ।

यो कर अमेरिकामा प्रवेश गर्ने गैरआप्रवासी भिसा प्राप्त गर्ने सबै व्यक्तिलाई लागु हुनेछ ।

यो प्रावधान पर्यटक र व्यवसायिक यात्रु, अन्तर्राष्ट्रिय विद्यार्थी र अन्य अस्थायी आगन्तुकलाई समेत लागू हुने छ ।

अमेरिकी विदेश मन्त्रालयलको तथ्यांकअनुसार सन् २०२४ मा अमेरिकाले करिब १ करोड १० लाख गैरआप्रवासी भिसा जारी गरेको थियो ।

यसमा भिसा छुट कार्यक्रममा समावेश भएका देश, जस्तै अस्ट्रेलिया र धेरै युरोपेली देशका पर्यटक र व्यवसायिक यात्रुलाई ९० दिन वा त्यसभन्दा कम समयको बसाइका लागि भिसा आवश्यक नपर्ने बताइएको छ ।

भिसा जारी गर्दा यो शुल्क तिर्नुपर्ने र कुनै पनि मिनाहा नहुने बताइएको छ । भिसाको सर्तहरू पालना गर्ने यात्रुले यात्रा समाप्त भएपछि यो शुल्क फिर्ता पाउनसक्ने बताइएको छ ।