१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

कोरोना नियन्त्रणमा अर्बौं खर्च हुँदा, उपलब्धि भने न्यून

कोरोना नियन्त्रणमा अर्बौं खर्च हुँदा, उपलब्धि भने न्यून
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च गरेअनुसार कोरोना नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणका नाममा त्यति धेरै खर्च भए पनि कोरोना संक्रमण दर उल्टो वृद्धि हुँदै जान थालेपछि सरकारी खर्चको पारदर्शितामा प्रश्न चिन्ह सिर्जना भएको छ । सरकारले क्वारेन्टिन निर्माणदेखि परीक्षण, औषधि तथा राहतका लागि सो रकम खर्च भएको बताएको छ तर सरकारद्वारा निर्माण गरिएको अधिकांश क्वारेन्टिनको अवस्था दयनीय छ । न्यूनतम मापदण्डसमेत पुरा हुन नसकेपछि क्वारेन्टिनबाटै संक्रमण बढ्न सक्ने खतरासमेत देखिएको छ । हालसम्म कोरोना नियन्त्रणका लागि केन्द्रीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय सरकारले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका छन् । तर, सरकारले खर्चको फेहरित विवरण भने दिन सकेको छैन् । क्वारेन्टिनमा करोडांै रुपैयाँ खर्च भएको बताइए पनि धेरै ठाउँमा क्वारेन्टिन अस्तव्यस्त छन् भने नेपाल भित्रिने सीमानाकामा कोरोना परीक्षण नै भएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ फितलो भएको छ ।

सरकारी चिकित्सकको संख्या १ हजार ३ सय रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार २६ हजार ३ सय ४६ चिकित्सकहरू दर्ता भएका छन् । ती चिकित्सकलाई पनि सरकारले प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा जोखिम बढेको हो । सरकारले बनाएका क्वारेन्टिनहरू अस्तव्यस्त हुँदा कोरोना भाइरस संक्रमणको स्रोत नै क्वारेन्टिन बन्दै गएको पाइएको छ । क्वारेन्टिन भद्रगोल हुँदा संक्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले कोरोना रोकथाममा सरकारको तयारी फितलो रहेको बताए । उनले भने, ‘अहिले पनि अधिकांश अस्पताल भेन्टिलेटरविहीन छन् । कोरोना संक्रमितको संख्या बढ्दै छ । तर, सरकार अस्पताल पूर्वाधार विकासमा लागेको देखिएन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ६१ हजार १ सय ४५ वटा क्वारेन्टिन् छन् । जबकि क्वारेन्टिनमा बस्नेहरूको संख्या १ लाख ६१ हजार २ सय ६२ पुगेको छ । क्वारेन्टिनमा बस्नेहरूका लागि पिउने पानीको समेत उपयुक्त व्यवस्था छैन । खाना पनि घरबाट ल्याएर आउनुपर्ने बाध्यता छ । क्वारेन्टिनमा बस्दै आएकाहरूले घरबाटै बस्ने सामान मगाउनुपर्ने र एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ । अधिकांश भारतबाट आएका नागरिकहरू क्वारेन्टिनमा बस्दै आएका छन् । क्वारेन्टिनमा बस्दै आएकाहरू अधिकांशको कोरोना परीक्षणसमेत नगरिएको पाइएको छ । १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टिनमा बस्दै आएका छन् । जबकि हालसम्म ८४ हजार १ सय ३४ जनामा आरटी पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सम्भव भएसम्म घनाबस्तीबाट टाढा हुनुपर्ने उल्लेख छ । यस्तै, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि अलग्गै क्वारेन्टिनको व्यवस्था गरिनुपर्ने समेटिएको छ । सम्भव भएसम्म शौचालय भएको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा तीन जनाको दरले ६ जनाका लागि साझा शौचालय, प्रतिसय जनाका लागि एक मेडिकल अधिकृत, क्वारेन्टिनमा २४ घण्टा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ । क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । राजधानी दैनिक