१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई



अ+ अ-

काठमाडौँ। मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा आज सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । बङ्गलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । उसले छ खेलबाट १८ अङ्क जोड्यो भने समान खेल खेलेको नेपालको १२ अङ्क मात्रै रह्यो ।

प्रतियोगितामा बङ्गलादेशले नेपाललाई दोस्रोपटक हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बङ्गलादेशले ३–२ को जित निकालेको थियो ।

बङ्गलादेशले यसअघि सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । बङ्गलादेशको जितमा सागोरिका नायक बनिन् । गत जुलाई १३ मा नेपाल र बङ्गलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो ।

उक्त घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए । रातो कार्ड पाउँदा सामान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो, तर, दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले यी दुई खेलाडीलाई तीन खेलको प्रतिबन्ध र समान ५०० अमेरिकी डलर जरिवाना गरेको थियो ।

खेलको आठौँ मिनेटमै सागोरिकाले गोल गरिन् । त्यसपछि खेलको ५२औँ मिनेटमा उनले आफ्नो टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको छ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन् र ७८औँ मिनेटमा चौथो गोल गरिन् ।




भर्खरै