१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

जैविक विविधताको महत्त्वपूर्ण योगदान

जैविक विविधताको महत्त्वपूर्ण योगदान
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महìवपूर्ण योगदान पुर्याउने समेत उहाँले स्पष्ट गर्नुभएको छ । ‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महìवपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’–उहाँको सन्देशमा भनिएको छ ।

हालै कार्यान्वयनमा ल्याइएका पन्ध्रौं योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका उल्लेख गर्नुभएको छ ।
‘जैविक विविधताको महत्व र योगदान बहुआयामिक छ, त्यसैले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनमा वातावरणमैत्री विधि अपनाउनु पर्दछ’, उहाँले सन्देशमा भन्नुभएको छ ।

जैविक विविधताको संरक्षण र विकास निर्माणका कामको कार्यान्वयनमा सन्तुलन मिलाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा समेत योगदान पुर्याउने जैविक विविधताको संरक्षण, दीगो उपयोग र यसबाट प्राप्त लाभको न्यायोचित वितरणमा नेपाल सरकारले नीति तथा कार्यक्रम मार्फत जोड दिएको बताउनुभयो । गोरखापत्र दैनिक