२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक विविधताको महत्त्वपूर्ण योगदान



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महìवपूर्ण योगदान पुर्याउने समेत उहाँले स्पष्ट गर्नुभएको छ । ‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महìवपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’–उहाँको सन्देशमा भनिएको छ ।

हालै कार्यान्वयनमा ल्याइएका पन्ध्रौं योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका उल्लेख गर्नुभएको छ ।
‘जैविक विविधताको महत्व र योगदान बहुआयामिक छ, त्यसैले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनमा वातावरणमैत्री विधि अपनाउनु पर्दछ’, उहाँले सन्देशमा भन्नुभएको छ ।

जैविक विविधताको संरक्षण र विकास निर्माणका कामको कार्यान्वयनमा सन्तुलन मिलाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा समेत योगदान पुर्याउने जैविक विविधताको संरक्षण, दीगो उपयोग र यसबाट प्राप्त लाभको न्यायोचित वितरणमा नेपाल सरकारले नीति तथा कार्यक्रम मार्फत जोड दिएको बताउनुभयो । गोरखापत्र दैनिक