१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली ‘करिडोर’का नौ पुल अझै बनेनन्



अ+ अ-

कालिकोट। कर्णाली प्रदेशको महत्वपूर्ण पूर्वाधार योजना ‘कर्णाली करिडोर’ अन्तर्गत निर्माण हुनुपर्ने नौवटा पक्की पुल अझै अलपत्र छन्।

कालीकोट, बाजुरा र हुम्ला जिल्लामा पर्ने ती पुलहरू २०७९ सालको असार ३० गते ठेक्का सम्झौता भए पनि हालसम्म निर्माणको काम थालिएको छैन।

सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीका अनुसार ठेक्का भएको तीन वर्ष पुगिसक्दा पनि निर्माण कार्य प्रारम्भ हुन सकेको छैन। उनका अनुसार, ती पुलहरू निर्माणका लागि निर्माण व्यवसायीले पहिला डिजाइन स्वीकृति लिनुपर्ने कानुनी प्रक्रिया छ, तर हालसम्म नौमध्ये सात वटा पुलको डिजाइन स्वीकृत भइनसकेको बताइएको छ।

कर्णाली करिडोरमा कालीकोटका तीन, बाजुराका बड्डीगाड, जुड्डी र कवाडी खोला, हुम्लाको गल्फा गाड र सल्लीसल्ला खोलासहित नौवटा पुल निर्माण गर्न ठेक्का दिइएको थियो। तर, ती सबै स्थानमा काम रोकिएको हो।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराए पनि काम अगाडि नबढेको गुनासो गरेका छन्।

विशेष रूपमा २०७६ सालको असारमा बाढीले बगाएको कालीकोटको फुगाड खोलाको फलामे बेलिब्रिजको स्थानमा पक्की पुल बन्ने भनिए पनि अहिले पनि वर्षात्को बेला सडक अवरुद्ध हुने गरेको छ।

कालीकोटका पचालझरना–रास्कोट सीमामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी–रास्कोट बीचको सान्निगाड खोला र नरहरिनाथ गाउँपालिकाको रहगाड (खुलालु) खोलामा निर्माण हुनुपर्ने पुलको जिम्मा पाएको विकोइ कन्स्ट्रक्सनले अझै विभागबाट डिजाइन स्वीकृत गराउन सकेको छैन।

विकोकै प्रमुख हरिराम कोइरालाले सडक विभागबाट डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले काम अघि बढ्न नसकेको जिकिर गरेका छन्। उनले कालीकोटका ती तीनवटा पुलका लागि १८ करोडको ठेक्का पाएका थिए।




भर्खरै