२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गर्नुभएको हो । रसुवागढी बाढीले निम्त्याएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिनसमेत आफूले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

नेता आचार्यले भन्नुभयो, “केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनःनिर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छु ।”

भेटमा परराष्ट्रमन्त्री राणाले यस विषयमा चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।