२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा



अ+ अ-

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताउनुभएको छ ।

आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरु सकेसम्म आफैँ स्वनियमनमा जानुपर्ने बताउनु भयो । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताउनु भयो । पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने बताउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरु आफैँ आफ्नो आचारसंहीतामा जानुपर्छ । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा ।  ’

सांसद शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्नसक्ने नियामक निकाय आवश्यक रहेको बताउनु भयो ।